झुप्राखोलाको बास, बर्खाभरि त्रास

Published on

काठमाडौं । वीरेन्द्रनगर नगरपालिका–११, झुप्रा खोला किनारका बादी बस्तीका बासिन्दा हरेक वर्ष बर्खाको समयमा रातभर सुत्न पाउँदैनन् । झुप्रा खोला र भेरी नदीको पानीको बहाव सिधै बस्तीतर्फ सोझिने हुँदा सुक्खायाममा रमाउने यो बस्तीका बासिन्दा बर्खाभरि सुत्न पाउँदैनन् । बादी बस्तीमा करिब डेढ सय घरपरिवार बस्दै आएका छन् । स्थानीय गीता बादीले बर्सेनि बर्खा लाग्नेबित्तिकै त्रास हुने बताउनुभयो । राति सुतेका बेला बाढी आइहाल्छ कि भन्ने त्रासले निद्रा नै नलाग्ने उहाँको भनाइ छ । अझ झरी परेका बेला कहालीलाग्दो अवस्था हुन्छ । विगतमा खोलाको बाढीले घर तथा पशुचौपाया बगेको स्मरण गर्दै उहाँले मानवीय क्षति पनि नहोस् भनेर बर्खायाममा सुत्न नसकेको उहाँले बताउनुभयो । खोला किनारमा १४१ घरपरिवार छ । त्यहाँ अधिकांश बादी समुदायको बसोबास छ ।

बादी समुदायका घरपरिवारका सदस्यको दैनिकी झुप्रा खोलाको बालुवा, ढुङ्गा निकालेर बिक्री गरेर जीवन गुजरा चलाउनु हो । मनसुन सुरु भएदेखि त्रास हुने गरेको यो बस्तीमा मनसुन नसकुन्जेल त्राहीत्राही हुने गरेको छ । असार लागेदेखि भदौसम्म स्थानीय सरकारले खोलाबाट ढुङ्गा र बालुवा निकासी बन्द गरिदिने गरेको छ । यस्तो समयमा यहाँका बासिन्दाले हातमुख जोर्न निकै सास्ती हुने गर्दछ । सदरमुकाम वीरेन्द्रनगरदेखि करिब १३ किमी पूर्वमा बसोबास रहेको सो स्थानका बासिन्दा ऐलानी जग्गामा २०४४ सालदेखि यहाँ बसोबास गर्दै आएका छन् । २०६५ \ २०७२ सालमा खोलामा आएको ठुलो बाढीले निकै क्षति पुगेको थियो । मानवीय क्षति नभए पनि भौतिक संरचना तथा पशुचौपाया बगाएर लगेको थियो ।

झुप्रा खोलाका बादी बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने विषय बेला बेला राजनीतिक मुद्दा बने पनि हालसम्म स्थानान्तरण हुन सकेको छैन । सुरक्षित स्थानान्तरणको कुरा चुनावका बेला मात्र उठ्ने गरेको तर अरू बेला वास्तासमेत नभएको सुशीला बादीले बताउनुभयो । आफूहरूले स्थानीय तथा प्रदेश सरकारका जनप्रतिनिधिसँग खोला किनारका बस्तीलाई अन्य सुरक्षित स्थानमा स्थानान्तरणका लागि आग्रह गरेको तर सुनुवाइ नै हुन नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बर्खायाम लागेसँगै यहाँका बासिन्दा ज्यान बचाउन घर छाडेर राति अग्लो ठाउँमा बसेर बिहान मात्रै घरमा आउने गरेका छन् । योभन्दा बढी पीडा अरू कसलाई होला र रु” कतिपय परिवारले धनजनको क्षति होला कि भन्ने त्रासमा रातभर मानिसहरू जाग्राम बस्ने गरेको बताउँदै उहाँले जतिसक्यो छिटो अन्यत्र स्थानान्तरण गर्न आवश्यक रहेको बताउनुभयो ।

खोलामा तटबन्ध अविलम्ब गरिनुपर्ने भन्दै उहाँले अझै पनि बस्ती स्थानान्तरण गर्न नसकिए धनजनको क्षति हुन सक्ने उल्लेख गर्नुभयो । बस्ती स्थानान्तरण गरेर मात्र होइन, उनीहरूलाई जीविकोपार्जन हुने खालका कार्यक्रम ल्याउनुपर्ने बादी समुदायका सदस्यले माग राख्दै आएका छन् । असारदेखि भदौसम्म खोलामा बालुवा र ढुङ्गा निकाल्न रोक लगाउँदा बादी समुदायको जीवनयापनमा थप समस्या पर्ने गरेको गुनासो उहाँको छ । स्थानीय तहले बर्खाको समयमा खोलामा उत्खनन गर्न रोक लगाउँदै आएका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...