मुग्लिङ–मलेखुमा सोह्र स्थानमा पहिरोको जोखिम

Published on

काठमाडौं । चितवनको मुग्लिङदेखि मलेखु सडकखण्डको १६ स्थानमा पहिरोको जोखिम रहेको पहिचान गरिएको छ । नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) ४० किलोमिटर क्षेत्रमा १६ स्थानमा पहिरोको जोखिम छ भने चार स्थानमा उच्च जोखिम रहेको छ । नागढुङ्गा–मुग्लिङ सडक योजना ९पश्चिम खण्ड० कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले पृथ्वी राजमार्ग अन्तर्गत कार्यालयको क्षेत्रमा कृष्णभिर, घोप्टेभिर, जोगीमारा र फिसलिङ उच्च जोखिम रहेको स्थान भएको जानकारी दिनुभयो । इन्जिनियर आचार्यले भन्नुभयो, “सात वर्षअगाडि र अहिलेको पहिरो जाने अवस्था फेरिएको छ । पुरानो धारबाट बग्ने पानीको बाटो फेरिएको छ, पहाड खोतलिएको छ त्यसको प्रभावले गर्दा गेग्य्रान एकै पटक झर्छ ।” पहिले पहिरोसँगै लेदो माटो आउने र सडक पुर्ने गथ्र्यो । अहिले त्यस्तो अवस्था छैन । पृथ्वी राजमार्गमाथिको पहाडमा बिनाअध्ययन पहाड खोतलेर छाड्ने, कुलो निर्माण गर्ने र पानीको प्राकृतिक बहावलाई परिवर्तन गरेर बिगारेका कारण तल सडकमा पहिरो आएको इन्जिनियर आचार्यले बताउनुभयो । नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) मा गरिएको अध्ययनले पहिरो जाने मूल कारणले माथिल्लो क्षेत्रमा निर्माण गरिएको सडक, कलभर्ट र कुलो भएको निष्कर्ष निकालेको छ । कार्यालयका सूचना अधिकारी आचार्यले सो सडक क्षेत्रमा झरेका पहिरोमा लेदो माटो नभई गेग्य्रान धेरै भएको बताउनुभयो । प्राकृतिक पहिरो अहिले आएको छैन । मानव निर्मित बाटो र त्यसमा खनिएका गेग्य्रान थुप्रेर बस्ने, वर्षा भएपछि एकै पटक झर्ने भएकाले तल क्षति ठुलो हुने गरेको उहाँले बताउनुभयो ।

वर्षा लागेपछि मुग्लिङ–मलेखु सडकखण्डमा गएको पहिरोमा गेग्य्रान मात्र झरेको छ । बर्सातमा पानीले र हिउदँमा आफैँ गेग्य्रान झर्ने गरेको कार्यालयले जनाएको छ । जमिनको प्रयोगमा आएको फेरबदल, सडक सुरक्षाको मापदण्ड नअपनाउने र यो वर्ष एक ठाउँमा देखिएको जोखिम अर्को वर्ष अर्कै ठाउँमा हुने गरेको छ । पानी बग्ने स्थान परिवर्तन गरिदिएपछि नयाँ ठाउँबाट पानी झर्न थाल्दा थुप्रेर बसेको गेग्य्रान झर्ने समस्या केही वर्षदेखि हुन थालेको आचार्यले बताउनुभयो । पहाड खोतलेर छाडेपछि पहिरो झर्छ, घाउ बनाएपछि टाल्नु पर्छ तर पहाड खोतल्ने मर्मत नगर्ने भएपछि कसरी पहिरो रोकिन्छ रु जथाभाबी पहाड खनेका कारण तल पहिरो झरेको उहाँले बताउनुभयो । कालोपत्रे गर्ने समयमा पहिरो रोकथामका उपायसहित निर्माण कार्यमा लाग्ने छौँ । तलको मूल राजमार्गको सुरक्षाका लागि पहाडको टुप्पामा, मूल सडकमा प्रभाव पार्ने स्थानलगायतका ठाउँमा सडक निर्माण गर्दा ध्यान दिएर सुरक्षाको विधि अपनाएमा सम्भावित जोखिम नहुने उहाँले बताउनुभयो ।

डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनिएर सागर कार्कीले सिमलतालको पहिरो जानुको मूल स्रोत माथि ग्रामीण बस्तीको बाटो खन्दा निस्केको गेग्य्रान भएको बताउनुभयो । डिभिजन सडक कार्यालयबाट पहिरोको कारण पत्ता लगाउन अध्ययन गरी फर्कनु भएका इन्जिनियर कार्कीले भन्नुभयो, “सिमलतालमा पहिरो जानुको कारण नौ सय मिटरमाथि निर्माण गरिएको सडकको गेग्य्रान झरेको हो । ६५० मिटरको सडक निर्माण गर्दा छ वटा मोड रहेछ । त्यो मोडबाट गेग्य्रान झरेको देखियो । माथिबाट तल डोजरले सडक खन्दै आउने, खन्दा निस्केको गेग्य्रान झाँडी तथा तल पर्ने खोल्सामा फाल्ने गरेको पाइयो । यसरी थुप्रेको गेग्य्रान वर्षा भएपछि एकै पटक तल झर्दा ठुलो असर पारेको देखिन्छ,” उहाँले भन्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...