नवलपुरमा दुई जनाको मृत्यु

Published on

काठमाडौं । नवलपुरमा सर्पले डस्दा १४ वर्षीय बालकको मृत्यु भएको छ । मध्यविन्दु नगरपालिका ६ भडरा बस्ने टोलकुमारी महतोका १४ वर्षीय छोरा आर्यन महतोलाई आफ्नै घरमा खेल्ने क्रममा सर्पले डसेको थियो ।

सर्पले डसेपछि उहाँलाई उपचारको लागि कालीगण्डकी अस्पताल लगिएको र थप उपचारको लागि भरतपुर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ । यस्तै नवलपुरको कावासोतीमा पुलबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आज बिहान कावासोती १४ र १७ को सिमानामा पर्ने अघरीघाट पुलबाट खसी मृत रहेको अवस्थामा एक जनाका पुरुषको शव भेटिएको हो । कावासोती १७ ढोकी निवासी २७ बर्षीय डिल्लीराम महतो हिजोदेखि घरबाट निस्केको र आज बिहान पुल मुनी मृत भेटिएको प्रहरीको भनाइ छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...