१०८ औँ विमान दुर्घटना: ९६९ जनाको मृत्यु

Published on

काठमाडौं । नेपालको हवाई उड्डयन इतिहासमा बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनासहित हवाई दुर्घटनाको सङ्ख्या १०८ पुगेको छ । विसं २०१२ वैशाखमा पहिलो पटक सिमरामा भारतको कलिङ्गा एयर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आन्तरिकतर्फको व्यावसायिक उडानमा बुधबार भएको दुर्घटनासहित ९६९ जनाले ज्यान गुमाइसकेका छन् । प्राधिकरणको तथ्याङ्क अनुसार मानवीय क्षति भएको जहाज दुर्घटनामा हालसम्म बाँच्न सफलमध्ये मनीषरत्न शाक्य मात्रै एक पाइलट हुन् । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार प्राधिकरणको तथ्याङ्कमा हालसम्म मानवीय क्षति भएको दुर्घटनामा कुनै पनि पाइलट बाँच्न सफल भएको रेकर्ड छैन । यसबाट नेपाली आकाशमा उडान भर्ने चालक दल पनि सशङ्कित हुँदै आएका छन् ।

उहाँका अनुसार जहाज दुर्घटनामा पर्नेवित्तिकै जहाजमा भएको इन्धनका कारण तत्काल आगलागी हुने हुँदा न्यून बाँच्ने सम्भावनाबिच ठुलो दुर्घटनामा परेको सौर्य एयरलायन्सका चालक शाक्य भाग्यले बाँचेका पहिलो व्यक्ति रहेको बताउनुभयो । प्राधिकरणका अनुसार यातायातका साधनमध्ये हवाई यातायातलाई सबैभन्दा सुरक्षित, सुलभ र भरपर्दो साधनको रूपमा लिइए पनि हालसम्म नेपालमा एक इन्जिनयुक्त आठ वटा दुर्घटनामा २५ जनाले ज्यान गुमाएका भएका छन् भने हेलिकोप्टरतर्फका ४० बढी दुर्घटनामा ९२ ले ज्यान गुमाएका छन् । त्यस्तै विदेशी वायुसेवा कम्पनीका १० वटा जहाज दुर्घटनामा ३७५ जनाले ज्यान गुमाएका छन् । आन्तरिकतर्फ उडान गर्ने ५१ वटा जहाज दुर्घटनामा बुधबारको सहित ४६९ जनाले ज्यान गुमाइसकेका छन् । यसअघि विसं २०७९ माघ १ गते काठमाडौँबाट चार चालक दल र ६८ जना यात्रु बोकेर पोखराका लागि उडेको यती एयरको एटीआर विमान घटनामा जहाजमा सवार सबैको निधन भएको थियो । उक्त दुर्घटना आन्तरिकतर्फको सबैभन्दा ठुलो दुर्घटना मानिन्छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...