‘प्रदेश सरकारबाट अनुदान पाएकै छैनौँ’

Published on

काठमाडौं । धनुषाधाम नगरपालिका साबिकका धनुषाधाम, धनुषा गोविन्दपुर, उमाप्रेमपुर र यज्ञभूमि गाविस गाभिएर बनेको छ । यस नगरपालिका धार्मिक, ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिँदै आएको छ । यहाँको धनुष मन्दिर निकै प्रसिद्ध छ । त्रेतायुगमा मिथिलाका राजा जनकको प्रतिज्ञा पूरा गर्न भगवान् श्रीरामले शिवको पिनाकमा प्रत्याञ्च चढाउँदा तीन टुक्रा भएको थियो । त्यसमध्ये एक खण्ड आकाश, दोस्रो खण्ड पाताल र तेस्रो खण्ड धनुषाधाममा खसेको जनविश्वास छ । नगरपालिकाको नाम पनि प्रसिद्ध तीर्थस्थल धनुषाधामकै नामबाट नामकरण गरिएको छ । नौ वटा वडा रहेको नगरपालिकामा विभिन्न जातजाति र किसानको बाहुल्य रहेको छ । स्थानीय तहको दोस्रो निर्वाचनमा नेपाली कांग्रेसबाट दोस्रो पटक प्रमुखमा निर्वाचित हुनुभएका बालेश्वर मण्डलसँग गोरखापत्र दैनिकका ढल्केबर समाचारदाता विजयकुमार साहले गर्नुभएको कुराकानी स्

नगरप्रमुखका रूपमा दोस्रो कार्यकालको अनुभव कस्तो हुँदै छ रु

नगरवासीलाई स्थानीय सरकारको अनुभूति दिने गरी सेवा प्रवाह र विकास निर्माणको काममा जुटेका छौँ । कृषि, पशुपालन र पर्यटनमा राम्रो सम्भावना रहेको पालिका भएकाले कृषि उत्पादन र पर्यटन प्रवर्धनलाई प्राथमिकतामा राखेका छौँ । सबै वडामा सडक पहुँच पु(याएका छौँ । सडक स्तरोन्नति पनि प्राथमिकतामा नै छ । सिँचाइ योजना निर्माण, विद्यालयका भवन निर्माण भएका छन् । धनुषाधाम नगरपालिकालाई आर्थिक समृद्धि, सामाजिक रूपान्तरणतिर उन्मुख गराउन जोड दिएका छौँ । मौलिक कला संस्कृतिको संरक्षण, प्राकृतिक सम्पदाको संरक्षण, व्यवसायको प्रवर्धन र नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गरेका छौँ । मैले पहिलो कार्यकालमा पक्कै पनि राम्रो काम गरेकाले जनताले मूल्याङ्कन गर्दै मलाई दोस्रो पटक यो अवसर प्रदान गर्नुभएको हो जस्तो लागेको छ । जनताको सोही विश्वासलाई सम्मान गर्दैै काम गरिरहेको छु ।

किसान बाहुल्य रहेको यहाँ कृषि क्षेत्रको सुधारका लागि के कस्ता योजना बनाउनुभएको छ रु

खेतीका लागि यहाँको भूभाग उपयुक्त छ । हामीले उत्पादन बढाउन किसानलाई प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेका छौँ । कृषि अनुदान, तालिम, मल बिउमा अनुदान र सिँचाइ सुविधा विस्तार गरेका छौँ । कृषि अनुदान, तालिम, मल बिउमा अनुदान दिने गरेका छौँ । सिँचाइ सुविधाका लागि सानो ट्युबवेल, इनार, डिप बोरिङको व्यवस्था मिलाएका छौँ । किसानलाई सुविधा होस् भनेर अनुदानमा सिँचाइ मोटर र पम्पिङ्सेट पनि उपलब्ध गराएका छौँ । सिँचाइका लागि किसानका खेत खेतमा विद्युतीयकरण गरिएको छ । कतिपय वडाले किसानको सिँचाइ मिटरको विद्युत् महसुल पनि तिरिदिएका छन् । तरकारी तथा फलफूलको उत्पादनलाई वृद्धि गर्ने योजना बनाएका छौँ । नगरपालिकाले आफ्नै लगानीमा शीतभण्डार पनि निर्माण गरिरहेको छ । यहाँका तीन वटा वडाले किसानको सिँचाइ विद्युत् महसुल तिरिदिएका छन् । नगरपालिकाबाट समग्र किसानको सिँचाइ विद्युत् महसुल तिर्न सकिँदैन रु हामीले त्यस्तो सोच पनि बनाएका थियौँ तर नगरपालिकाबाट गर्दा दुरुपयोग बढ्ने सम्भावना देखेर पछि हट्यौँ । यस विषयमा कार्यपालिका बैठकमा छलफल पनि भयो । वडाबाट यस्तो काम हुँदा निगरानी गर्न सजिलो हुन्छ त्यसैले वडाबाटै केही बजेट छुट्याएर किसानको सिँचाइ विद्युत् महसुल तिरिदिए राम्रो हुन्छ भन्ने महसुस गरेका छौँ । यदि वडाले तिर्न सकेन भने पालिकाबाट तिर्ने योजना बनाउछौँ ।

शिक्षा क्षेत्रको सुधारका लागि के कसरी काम गर्दै हुनुहुन्छ रु

साँच्चै भन्नुपर्दा शिक्षा क्षेत्रमा हामीले भौतिक पूर्वाधार निर्माण, अनुगमन र विद्यालय व्यवस्थापन सुधार गरे पनि पठनपाठन सुधार गर्न सकेनाँ । म यसअघि २०७४ सालमा निर्वाचित भएर आउँदा जुन समस्या थियो त्यो अहिले पनि यथावत् नै छ । विद्यालयमा विद्यार्थीको अनुपातमा शिक्षक सङ्ख्या अपुग छ । पठनपाठन सुधार हुनका लागि मुख्य रूपमा योग्य र कटिबद्ध शिक्षकको आवश्यकता पर्दछ । सङ्घ र प्रदेश सरकारले पर्याप्त सङ्ख्यामा शिक्षक पठाउन सकेका छैनन् । विद्यालयमा दरबन्दीको अभाव देखिएको छ । कतिपय विद्यालयमा निजी स्रोतमा शिक्षक भर्ना गरेर काम चलाइरहेका छन् । कतिपय विद्यालयसँग आम्दानीको स्रोत नै छैन । नगरपालिकाले पनि अब कुन कुन शीर्षकबाट कसरी खर्च गर्ने भन्ने समस्या छ । स्थानीय तहबाट गर्नुपर्ने सबै गरेका छौँ । तर शिक्षकको कमीले गर्दा पठनपाठनमा खासै सुधार हुन सकेको छैन । एउटा विद्यालयबाट अर्को विद्यालयमा शिक्षक पठाउँदा पनि शिक्षा समन्वय इकाइको स्वीकृति लिनु पर्छ । शिक्षक व्यवस्थापनका लागि पटक पटक पहल गरेको छु । विद्यार्थी र अभिभावक पनि हामीकहाँ आएर पढाइ राम्रो भएन भनेर गुनासो गरिरहेका हुन्छन् । हामीले विद्यालय प्रशासनसँग समन्वय गर्दा शिक्षकको अभाव रहेको भन्छ अब शिक्षकको व्यवस्थापन सङ्घ र प्रदेश सरकारले गरिदिनुप¥यो नभए दरबन्दी सिर्जना गर्ने अधिकार पालिकालाई दिनुप(यो ।

जनताको स्वास्थ्यको ख्याल कसरी गरिरहनुभएको छ रु

स्वास्थ्य क्षेत्रको कुरा गर्नुपर्दा धनुषाधाममै नगर अस्पताल सञ्चालन भइरहेको छ । १५ श्ययाको अर्को अस्पताल निर्माणको चरणमा छ र प्रत्येक वडामा आधारभूत स्वास्थ्य उपचार चौकी स्थापना गरिएको छ । सङ्घीय सरकारको स्वास्थ्य नीति अनुसार घरदेखि ३० मिनेटको दुरीमा स्वास्थ्य चौकी हुनुपर्ने हो, त्यो वातावरण हामीले मिलाएका छौँ । पहिला खोप लगाउने सुविधा वडाको कुनै एक ठाउँबाट मात्रै हुन्थ्यो । अहिले हामीले टोल टोलमै खोप लगाउने सुविधा बनाएका छौँ । रह्यो औषधीको कुरा त्यो पनि पर्याप्त मात्रामा उपलब्ध गराइरहेका छौँ । कतिपय औषधी सरकारको लिस्टमा नभए पनि अति आवश्यक औषधी नगरपालिकाबाट खरिद गरेर उपलब्ध गराउँदै आएका छौँ । नगरपालिकाको आफ्नै लगानीमा भिमानमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याएका छौँ । गत वर्ष सञ्चालनमा ल्याइएको सर्पदंश उपचार केन्द्रबाट अहिलेसम्म १३७ जनाले उपचार सुविधा पाएका छन् । त्यहाँ एउटा सर्पदंशका बिरामीको सुविधाका लागि चालु आर्थिक वर्षमा एम्बुलेन्स उपलब्ध गराउने तयारी भइरहेको छ ।

धार्मिक पर्यटनलाई अगाडि बढाउने के छ योजना रु

धनुषाधाम नगरपालिकाको समृद्धिको एउटा आधार भनेको धार्मिक पर्यटन पनि हो । यहाँ रहेको धनुषाधाम मन्दिर दर्शन गर्न वार्षिक रूपमा लाखौँ भक्तजन आउने गर्दछन् । यसलाई व्यवस्थित तथा आकर्षित बनाउन लागिरहेका छौँ । पर्यापर्यटनलाई जोड दिने योजना स्वरूप काम भइरहेको छ । ऐतिहासिक, पुराताìिवक स्थल तथा पर्यटन क्षेत्रको संरक्षण, संवर्धन, मन्दिर परिसरमा सञ्चालनमा आएका पसललाई पर्यटनमैत्री बनाउने काम गरिएको छ । बाहिरबाट आउने भक्तजनको बस्ने सुविधाका लागि दुईतले भवन निर्माण गरिरहेका छौँ । यहाँ रहेको धार्मिक महìवका धनुष सागर र वाणगङ्गा सरोवरलाई सौन्दर्यीकरण गर्ने काम भएको छ । धनुष सागरमा स्नान गरेर मुसे रोग (अइल्हा) र छारे रोग निको हुने जनविश्वास छ । पर्यटन क्षेत्रको विकासका लागि पर्यटन मन्त्रालयसँग पनि समन्वय गरिरहेका छौँ । धनुषाधाम मन्दिरलाई सौन्दर्यीकरण गर्न सङ्घीय सरकारले यस वर्ष ४५ लाख रुपियाँ बजेट विनियोजन गरेको छ । त्यसमा हामी पनि साझेदारी गर्छौं तर प्रदेश सरकारले अहिलेसम्म धनुषाधामलाई सहयोग गरेको अवस्था छैन । मेरो यो दोस्रो कार्यकाल तथा नगरप्रमुखका रूपमा सात वर्ष भयो । पर्यटन क्षेत्रसँग जोडिएको धनुषाधामको विकासका लागि प्रदेश सरकारबाट अहिलेसम्म अनुदान पाएकै छैनौँ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...