‘वन्यजन्तुलाई वनभित्रै आहारा व्यवस्थापन गर्न फलफूल जङ्गल’

Published on

काठमाडौं । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले सरकारले फलफूल जङ्गलको अवधारणा अघि सारेको बताउनुभएको छ । झापाको अर्जुनधारामा आज आयोजित वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारले यो वर्षदेखि फलफूल जङ्गल (फ्रुट फरेष्ट) को अवधारणाका लागि मन्त्रालयले बजेटसमेत छुट्याएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वन क्षेत्रका वन्यजन्तुलाई वनभित्रै आहार व्यवस्थापन गर्ने सोचका साथ यो अवधारणा अघि सारिएको हो ।” वन जङ्गलमा पाइने विशेष प्रकृतिका फलफूल संरक्षण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । वनमा आश्रित पशुपन्छीको आहारा व्यवस्थापनका लागि यसै वर्षदेखि सुरु गरेको पशुपन्छी बास बगैँचा कार्यक्रमको प्रशंसा गर्दै उहाँले भन्नुभयो, “मान्छेले मात्र होइन, सबै पशुपन्छीले खान पाउनुपर्छ ।”

पर्यावरणको संरक्षण गर्न नसके सबै जीवको अस्तित्व सङ्कटमा पर्ने भएकाले पर्यावरण संरक्षणमा उहाँले जोड दिनुभयो । अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेव गोम्देनले सामुदायिक वनबाट निस्किने जङ्गली जनावर तथा चराचुरुङ्गीले आसपासका किसानले लगाएको बालीमा क्षति पुर्‍याउँदै आएकाले सोको न्यूनीकरण गर्न सामुदायिक वनमा पशुपन्छीमैत्री बिरुवा रोप्ने अभियान सुरु गरिएको बताउनुभयो । “पशुपन्छी खानाको खोजीमा बस्ती पस्दा किसानलाई नोक्सान हुने गरेको छ”, उहाँले भन्नुभयो, “पशुपन्छीलाई वनभित्रै आहाराको व्यवस्थापन गर्ने उद्देश्यले यो कार्यक्रम गरिरहेका छौँ ।” पशुपन्छी बास बगैँचा कार्यक्रमका लागि नगरले रु १० लाख बजेट छुट्याएको उहाँले बताउनुभयो ।

वन परिसरभित्र उपसभामुख राना, रौतहट–४ का सांसद देवप्रसाद तिम्सिना, नगरप्रमुख गोम्देन, नेपाली सेनाका सहायक रथी युवधिरमानसिंह अधिकारी, अरिदमन गण चारआलीका गणपति प्राजु बस्नेत, हचुमासा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्रपसाद प्रसाईँलगायतले वृक्षारोपण गर्नुभएको थियो । नगरको ‘पशुपन्छी बास–बगैँचा कार्यक्रम’ का लागि नेपाली सेनाको अरिदमन गणले अमला, तित्री, हर्रो, बर्रो, अम्बक, लिच्ची र जामुनको दुई हजार बोट बिरुवा प्रदान गरेको छ । नगर क्षेत्रका सामुदायिक वनमा पाँच हजार बिरुवा रोप्ने लक्ष्य राखिएको छ । रासस

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...