भरतपुरको पुँजीगत खर्च छपन्न प्रतिशत मात्र

Published on

काठमाडौं । भरतपुर महानगरपालिकाले गत आर्थिक वर्ष २०८०\८१ को वार्षिक समीक्षा कार्यक्रममा पुँजीगत खर्च वृद्धि हुन नसकेको जनाएको छ । बिहीबार र शुक्रबार गरी दुई दिनसम्म चलेको समीक्षा बैठकमा महानगर प्रमुख रेनु दाहालले गत आवमा पुँजीगततर्फ ५६ प्रतिशत मात्र खर्च भएको जानकारी दिनुभयो । उहाँले विकास बजेट सोचे अनुसार खर्च नभएको भन्दै आगामी दिनमा समस्यालाई समाधान गर्दै विकास खर्च वृद्धि गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार चालुतर्फ ८६ प्रतिशत खर्च भएको छ । प्रमुख दाहालले गत आवको बजेट समीक्षाबाट आएका सुझावलाई बजेट कार्यान्वयनमा देखिएका चुनौती र समस्याको निवारणका लागि सूक्ष्म रूपले खोजी गरी चालु आर्थिक कार्यक्रमलाई अगाडि बढाउन कर्मचारीलाई निर्देशनसमेत दिनुभयो । प्रमुख दाहालले जिम्मेवार भई सेवा प्रवाह र सुशासन कायम गर्दै दैनिक परिणाम देखिने गरी काम अगाडि बढाउन आग्रह गर्नुभयो । उहाँले भरतपुरको सहरी पूर्वाधारमा उल्लेखनीय विकास भए पनि अन्य क्षेत्रमा उकृष्ट नतिजा हासिल गर्न नसकिएको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले प्रगति समीक्षामा देखिएका केही सामाजिक विषयलाई समाधान गर्न मिहिन ढङ्गबाट अगाडि बढाउनुपर्ने औँल्याउनुभयो । समीक्षामा गत आवमा महानगरपालिकाले गरेका सम्पूर्ण कामहरूको प्रगति, समस्या र चुनौतीको समीक्षा गरी चालु आवमा थप प्रभावकारी ढङ्गबाट बढ्ने नीति लिइएको छ । समीक्षा कार्यक्रममा २९ वडाका सचिवले गत आवमा भएका कामहरूको प्रगति, चुनौती र सम्भावनाका विषयमा प्रस्तुति राख्नुभएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...