कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महामन्त्रीद्वयको प्रतिवेदन पारित हुने

Published on

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुहुने प्रतिवेदन पारित हुने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार दिउँसो २ बजे बस्ने बैठकमा सो प्रतिवेदन पारित हुने जानकारी दिनुभयो । मुख्यसचिव पौडेलले भन्नुभयो, “केन्द्रीय समितिको बैठक दिउँसो २ बजे बस्छ । सहमति जुटिसकेको छ ।”

यसैबिच बूढानिलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवा निवासमा निरन्तर बस्दै आएको बैठकमा हिजो शनिबार पदाधिकारी, पूर्वपदाधिकारी र वरिष्ठ नेताहरुबिच छलफल भएको थियो । उहाँले भन्नुभयो, “सभापतिले दिनका दिन निरन्तर बैठक राख्नुभयो । हिजो पनि पदाधिकारी, पूर्व पदाधिकारी र सिनियर नेताहरुबिच बैठक थियो । सबै कुरा सहमति उन्मुख भएको छ । आज ड्राफ्ट गरेर महामन्त्रीद्वयले प्रतिवेदन ल्याउनुहुन्छ । सबै सहमति करिब–करिब भइसकेको छ । आज हन्ड्रेड पर्सेन्ट पारित हुन्छ ।”

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...