खोलाले बगाएर बेपत्ता भएकामध्ये एकजनाको शव फेला

Published on

काठमाडौं । अर्घाखाँचीको शितगंगामा छहरे खोलाले बगाउँदा बेपत्ता भएका एक युवाको शव फेला परेको छ । बेपत्तामध्ये उमेश पौडेलको शव फेला मङ्गलबार साँझ फेला परेको हो ।

शव झरनाभन्दा पाँच सय मिटर तल खोलामा डुबिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रतिकसिह राठौरले जानकारी दिनुभयो । कपिलवस्तुको बाणगंगा–२ का २३ वर्षीय किशोर रास्कोटी अझै बेपत्ता रहेका छन् । शितगंगा नगरपालिका–१३, सिमलपानीको बिचमा पर्ने छहारामा फोटो खिच्नेक्रममा उनिहरुलाई खोलाले बगाएको थियो ।

मङ्गलबार दिउँसो घुम्न निस्किएका चार जना झरनामा फोटो खिचाउन पुगेका थिए । झरनाले चारै जनालाई बगाएको भए पनि दुई जना पौडिएर बाँच्न सफल भएका थिए । दुई जनामध्ये एक जनाको शव फेला परेको र अर्का युवाको खोजिकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...