चीनमा अवकाशको उमेर बढाइने

Published on

काठमाडौं । चीनले बिस्तारै सेवानिवृत्तिको उमेर बढाउने निर्णय गरेको छ । चिनियाँ सांसदहरूले सन् १९५० को दशकपछि पहिलो पटक कानुनी रूपमा अवकाशको उमेर क्रमशः बढाउने निर्णयलाई स्वीकार गर्ने यसको पक्षमा मतदान गरेका छन् ।

चौधौँ राष्ट्रिय जनकाङ्ग्रेसको स्थायी समितिको ११औँ अधिवेशनले पारित गरेको निर्णयअनुसार सन् २०२५ देखि सुरु हुने १५ वर्षको अवधिमा पुरुषको वैधानिक अवकाश उमेर क्रमशः ६० बाट ६३ पुर्‍याइनेछ भने महिला कार्यकर्ता र महिला श्रमिकको लागि क्रमशः ५५ बाट ५८ वर्ष र ५० बाट ५५ वर्ष पुर्‍याइनेछ । सन् २०३० देखि मासिक लाभ प्राप्त गर्नका लागि आवश्यक आधारभूत पेन्सन योगदानको न्यूनतम वर्षलाई क्रमशः १५ वर्षबाट बढाएर २० वर्षमा पुर्‍याइनेछ ।

पेन्सन योगदानको न्यूनतम वर्ष पुगेपछि तीन वर्षभन्दा बढी समयअगावै स्वेच्छिक अवकाश लिन पाउने व्यवस्था गरिएको छ । तर यो पहिलेको वैधानिक उमेरभन्दा पहिले सेवानिवृत्त हुन अनुमति मिल्ने छैन । नयाँ नीतिहरूले व्यक्तिहरूलाई रोजगारदातासँग यसपहिले नै सम्झौता गरेको भए पनि पछिको मितिमा सेवानिवृत्ति स्थगित गर्न अनुमति दिनेछ, तर यस्तो विलम्ब तीन वर्षभन्दा बढी हुनु मिल्नेछैन । यस निर्णयले वृद्धावस्था बीमा प्रोत्साहन प्रणालीलाई परिष्कृत गर्ने, रोजगार–पहिलो रणनीति लागू गर्ने, उनीहरूको वैधानिक सेवानिवृत्ति उमेर पार गरेका कामदारहरूको आधारभूत अधिकार र हितहरू सुनिश्चित गर्ने, र वृद्ध हेरचाह र बाल हेरचाह सेवाहरू सुधार गर्ने उपायहरू पनि निर्दिष्ट गर्दछ ।

उक्त दस्तावेजमा बेरोजगार वृद्धाश्रमको कल्याण र विशेष पेसामा काम गर्नेहरूको लागि अगावै अवकाशसम्बन्धी विशेष प्रावधानहरू समावेश गरिएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ राष्ट्रिय महाधिवेशन र २० औँ सीपीसी केन्द्रीय समितिको तेस्रो पूर्ण अधिवेशनले देशमा वैधानिक अवकाशको उमेर क्रमशः बढाउने स्पष्ट व्यवस्था गरेको छ । सांसदहरूले शुक्रबार पारित गरेको यो योजना चीनको औसत आयु, स्वास्थ्य अवस्था, जनसङ्ख्या संरचना, शिक्षाको स्तर र जनशक्ति आपूर्तिको विस्तृत मूल्याङ्कनका आधारमा तयार पारिएको हो । रासस\सिन्ह्वा

spot_img

ताजा समाचार

बेसार र अदुवा प्रवर्द्धन गर्न बीउमा अनुदान

काठमाडौं । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले बेसार र अदुवा खेती प्रवर्द्धन गर्नका लागि बीउमा ५०...

अन्जनलाई बाहिर राख्दै राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाली फुटबलमा अन्तर्राष्ट्रिय सर्वाधिक गोल गर्ने...

बाँकेको नरैनापुरमा निःशुल्क शिविर, चार सय विपन्न लाभान्वित

काठमाडौं । बाँके जिल्लाको नरैनापुरमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर मार्फत सो क्षेत्रका चार सय...

नेपाल कबड्डी लिगको फ्रेन्चाइज टोली सर्वजनिक

काठमाडौं । आगामी जेठ २२ गतेदेखि हुने नेपाल कबड्डी लिग सिजन–२ का ६ वटा फ्रेन्चाइज...