जम्मू–कश्मीर विधान सभा चुनावमा ५९.१९ प्रतिशत मतदान

Published on

काठमाडौं । जम्मू–कश्मीरमा बुधबार भएको विधान सभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।

निर्वाचन आयोगको तथ्याङ्कअनुसार किश्तवाडमा सबैभन्दा बढी ७७ दशमलव २३ प्रतिशत, दोडामा ६९ दशमलव ३३ प्रतिशत, रामबनमा ६७ दशमलव ७१ प्रतिशत, कुलगाममा ५९ दशमलव ६२ प्रतिशत, शोपियानमा ५३ दशमलव ६४ प्रतिशत र अनन्तनागमा ५४ दशमलव १७ प्रतिशत मतदान भएको छ । पुलवामामा सबैभन्दा कम ४३ दशमलव ८७ प्रतिशत मतदान भएको छ । जम्मू–कश्मीरको २४ वटा विधान सभा सिटमा पहिलो चरणमा मतदान भएको हो । यसमा कश्मीर क्षेत्रका १६ सिट र जम्मू क्षेत्रका आठ सिट समावेश छन् ।

जम्मू–कश्मीरमा दोस्रो र तेस्रो चरणको मतदान क्रमशः सेप्टेम्बर २५ र अक्टोबर १ मा हुनेछ । अक्टोबर ८ मा मतगणना हुनेछ । जम्मू–कश्मीरमा विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूबिच रोचक प्रतिस्पर्धा भइरहेको छ । राष्ट्रिय काङ्ग्रेस र काङ्ग्रेसले गठबन्धन गरे पनि केही सिटमा मैत्रीपूर्ण प्रतिस्पर्धा भएको छ । विधानको धारा ३७० खारेज भएपछि जम्मू–कश्मीरमा भएको यो पहिलो निर्वाचन हो । नेताहरूले आ–आफ्नो पार्टीका उम्मेदवारको प्रचारप्रसारलाई तीव्रता दिएका छन् । रासस/एएनआई

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...