अस्ट्रेलियामा नेपाल महोत्सव सम्पन्न

Published on

काठमाडौं । अस्ट्रेलियाको पर्थमा आयोजना भएको नेपाल महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । महोत्सवमा प्रमुख अतिथिको रुपमा सहभागी भएका पश्चीम अस्ट्रेलीयाका नागरिकता र बहुसांस्कृतिक मन्त्री डा. टोनी बुटीले नेपाली समुदायको प्रशंसा गर्नुहुँदै स्थानीय सरकारले १० हजार डलर सहयोग गर्ने जानकारी गराउनुभयो । एनआरएन आईसीसीका अध्यक्ष बद्री केसी र मन्त्री टोनी बुटीले संयुक्तरुपमा पानसमा बत्ती बालेर महोत्सवको शुभारम्भ गर्नुभएको थियो । मन्त्री बुटीले पर्थको बहुसांस्कृतिक समुदायमा नेपाल महोत्सव स्थापित हुँदै गरेको बताउनुभयो । स्थानीय सुप्रिम कोर्ट पार्कमा आयोजना गरिएको नेपाल महोत्सवमा १० हजारभन्दा बढी दर्शकले सहभागिता थियो । नेपाल महोत्सवमा नेपाली कला संस्कृति झल्काउने सामग्रीका साथै नेपाली खाना, व्यवसायहरुका स्टलहरु राखिएका थिए । नेपाल सम्झना गराउने घर, धरहरा, पशुपतिनाथ, बौद्धनाथलगायत महोत्सवका आकर्षण थियो ।

कार्यक्रममा बोल्नुहुँदै एनआरएन आईसीसीका अध्यक्ष केसीले अस्ट्रेलियाबाट सुरुवात भएको नेपाली चाडपर्व सबै राज्यमा विस्तार भएको र यसले मुलुक चिनाउने काम गरेको बताउनुभयो । अध्यक्ष केसीले गैरआवासीय नेपालीहरुले प्राप्त गरेको नागरिकतामा केही समय समस्या आएको स्वीकार गर्नुहुँदै नेपाल सरकारसँग यस विषयमा छलफल गरिसकेको जानकारी दिनुभयो । अगामी गैरआवासीय नेपाली दिवस अघि नै नागरिकतामा देखिएका समस्याहरु समाधान हुने समेत बताउनुभयो । उपाध्यक्ष विनोद श्रेष्ठ, एनआरएन उपाध्यक्ष रोजिना प्रधान, क्षेत्रीय संयोजक दिनेश पोखरेल सचिव डा. ज्ञानेन्द्र रेग्मी, टीका गुरुङलगायतले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो । यसैगरी, एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले एनआरएन पर्थले नेपाल चाडपर्व आयोजनामा उत्कृष्ट कार्य गरेको भन्दै प्रशंसा गर्नुभयो । कार्यक्रमको उद्घाटन पर्थ पूजा सेवाका स्वयंसेवकहरुले स्वस्ती वाचनबाट भएको थियो ।

त्यस्तै, कार्यक्रममा बोल्नुहुँदै अस्ट्रेलियाको सङ्घीय सांसद साम लिमले दोस्रो पुस्ताको उदाहरण दिनुहुँदै उनीहरु कहाँबाट आएका हुन्, त्यहाँको खाना के हो रु त्यहाँको भाषा के हो भन्ने जानकारी दिनु महत्त्वपूर्ण कार्य भएको बताउनुभयो । कार्यक्रममा सहभागी हुन सिड्नीबाट न्यूसाउथवेल्सका महावाणिज्यदूत सञ्जीव शर्मा, एनआरएन अभीयन्ता मन केसी, विधान समितिका संयोजक भवानी ओली, एनआरएन क्षेत्रीय संयोजक दिनेश पोखरेल, सहसंयोजक कोमल पाठक, आईसीसी सदस्य डील्ली ढकाल, बुद्धी डल्लाकोटी र युवा व्यवसायी सागर लोहनीलगायत सहभागी हुनुभएको थियो । यस्तै, एनआरएन अस्ट्रेलियाका महासचिव सन्तोष कुँवर, कोषाध्यक्ष अर्जुन गौतम, सह कोषाध्यक्ष रोजी पन्त, नयाँका अध्यक्ष बीपीन थापा, पर्थ नेपाली समुदायका अगुवाहरु भारव ढकाल, नबीन बीडारी, मीक्की सुबेदीलगायतले सहभागिता जनाउनुभएको थियो । कार्यक्रममा साङ्गितिक रुपमा एक्स व्याण्डले आफ्नो प्रस्तुतिले उपस्थित दर्शकलाई नचाएको थियो भने गायिका आस्था राउत, लोकगायक बद्री पंगेनी लगायतले उपस्थित दर्शकलाई झुमाएका थिए । नेपाल महोत्सव पर्थमा पहिलो पटक १० मिनेट आतिशबाजी गरिएको युवा संयोजक मनिष सीग्देलले बताउनुभयो ।

ताजा समाचार

बाइडेनद्वारा बिदाइ सम्मेलनका लागि ‘क्वाड’ नेताहरूलाई स्वागत

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले कथित ‘क्वाड’ समूहलाई बिदाइ दिनका लागि यस साताको...

अमेरिकी शेरिफमाथि न्यायाधीश हत्याको अभियोग

काठमाडौं । अमेरिकाको दक्षिणी राज्य केन्टकीमा जिल्ला अदालतका न्यायाधीशलाई गोली हानेर हत्या गरेको आरोपमा...

राहुघाट जलविद्युत आयोजनाको निर्माण प्रगति ८० प्रतिशत

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लि.ले निर्माण गरिरहेको ४० मेगावाटको...

‘नेपालगन्ज-१० के’ दौडमा आर्मीका मुकेश र नरैनापुरकी गीता प्रथम

काठमाडौं । नेपालगन्ज १० किमि नाइट रनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका मुकेश...