रानाथारु समाजको अध्यक्षमा कमलसिंह

Published on

काठमाण्डौं । नेपाल रानाथारु समाजको केन्द्रीय अध्यक्षमा कमलसिंह राना निर्वाचित हुनुभएको छ । धनगढीमा भएको सातौं महाधिवेशनबाट उहाँ लोकप्रिय मतका साथ अध्यक्षमा निर्वााचित हुनुभएको हो । निर्वाचित रानाका निकटतम प्रतिद्वन्द्वी ओमप्रकाश रानाले १० मत प्राप्त गर्नुभयो । अध्यक्षमा सात जनाको उम्मेदवारी परेको थियो । यसैगरी, उपाध्यक्षमा कन्दकला राना, डिठ्ठा राना, महासचिवमा तीर्थराज राना, सचिवमा साहेब राना, भजना राना निर्वाचित हुनुभएको छ ।

कोषाध्यक्षमा चन्द्रकिरण राना र सदस्यहरुमा अम्लेस राना, गोदावरी राना, दानसिंह राना, रमित राना, लालमणि राना, शिवचरण राना, सरिता राना, सामु राना निर्वाचित हुनुभएको छ । कैलाली, कञ्चनपुरमा रानाथारु समुदायको बसोबास छ । महाधिवेशनमा सर्वसम्मतका साथ नयाँ कार्यसमिति चयनको प्रयास भए पनि सहमति हुन नसकेपछि निर्वाचन भएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...