तिहार नजिकिएसँगै मादल बनाउने चटारो

Published on

काठमाण्डौँ । धनकुटा नगरपालिका –१ हिलेका छोटे (छविलाल) सार्कीलाई यतिबेला मादल बनाउन भ्याइ नभ्याइ छ । नेपालीको दोस्रो महान् चाड तिहार नजिकिएसँगै उहाँसहित उहाँको परिवारलाई मादल बनाउन चटारो भएको हो । तिहारको समयमा मादलको माग अत्यधिक भएका कारण सार्की बिहानदेखि राति अबेरसम्म व्यस्त रहँदैै आउनुभएको छ । उहाँले आफ्नो जीवनको करिब पाँच दशक त मादल बनाउन बिताउनुभएको छ । त्यसमा पनि करिब दुई दशक यता भने जिल्लामा मादलको माग धान्दै आउनुभएको छ ।

उहाँले मादलसहित डम्फु, सारङ्गीलगायतका सामग्री निर्माण गर्ने गर्नुभएको छ । तर सबैभन्दा बढी र सदाबहार माग भने मादलकै हुने गरेको छ । उहाँले यो पेसामा बाह्रै महिना कहिले पनि खाली बस्नुपर्दैन । बनेका मादल घरबाट बिक्ने गरेका छन् । उहाँसँगै अहिले उहाँको श्रीमती चन्द्रमाया, भान्जा रमेश रोका, छोरा निरबहादुर, भतिजा तथा नातिहरु व्यस्त हुनुहुन्छ । मादल बनाउन कठिन हुने र आकारअनुसार ३ देखि ५ दिनसम्म लाग्ने गर्छ । त्यस्तै, आकारअनुसार एउटा मादलको २५ सयदेखि १३ हजारसम्ममा बिक्री हुँदै आएको छ । काठको ढुङ्ग्रो बनाउन गाह्रो हुने, गोरुको छाला भारतबाट ल्याउनुपर्ने हुँदा मादल बनाउन गाह्रो हुने गरेको छ । मादल बनाउन कला संस्कृति जोगाउन सहयोग पुग्ने र लोप हुने अवस्थामा पुगेको कुरालाई जोगाउन सकिने भएकाले पनि अहिले सबै पेसा छाडेर बुवालाई मादल बनाउन सहयोग गरिरहेको छोरा निरबहादुर सार्कीले बताउनुभयो ।

“मादल बनाउन कच्चा पदार्थदेखि धेरै कुराको समस्या छ, तर बजारमा माग धेरै छ त्यही मागअनुसार उत्पादन गर्न सक्ने अवस्था छैन” उहाँले भन्नुभयो । तिहारमा देउसीभैलो खेल्न साथै विभिन्न नाचमा मादलको प्रयोग हुन्छ । तिहार नजिकिएसँगै मादलको माग बढ्नेगरेको छ । पछिल्लो समय मादल बनाउने पेसा भने लोप हुँदैगएको छ । पहिले मादल बनाउनेहरु धेरैले अहिले पेसा परिवर्तन गरिसकेका छन् । तर आफूहरु मादलको बजार देखेर यही पेसामा लागिरहेको सार्कीका भन्जा रमेश रोक्काले बताउनुभयो । द्वन्द्वकालीन तथा कोभिडताका मादलको माग घटे पनि अहिले पुनः माग बढेको उहाँको भनाइ छ ।

मादल बनाउन खमारी, लामपाटो, सिरीस, खिर्रोजस्ता काठ र बाख्रा, भैंसी, गोरुको छालालगायत कच्चा पदार्थको आवश्यक पर्दछ । ती कच्चा पदार्थ अहिले पाउन समस्या भएको सार्कीको भनाइ छ । तिहारमा मादलको माग बढी तर कच्चा सामग्रीको अभावले बजारको माग पूरा गर्न मुस्किल पर्ने उहाँको भनाइ छ । तैपनि उहाँ आफ्नो पेसाबाट पछि हट्नुभएको छैन । उहाँहरुले बनाएको मादलको धनकुटामा मात्र नभई सङ्खुवासभा, सुनसरी, तेह्रथुम मोरङ जिल्लाका विभिन्न स्थानबाट माग हुने गरेको छ । तिहारमा खेलिने देउसी भैलोमा मादलबिना राम्रो नहुने र मादल बजाउँदा संस्कृति संरक्षण हुने मादलका ग्राहक बताउँछन् । पछिल्लो समय इमेल इन्टरनेट र आधुनिक सामानको प्रयोग बढिरहँदा अन्य पुराना शैलीका बाजागाजा हराउँदै गए पनि मादलको माग उत्तिकै बढेको प्रयोगकर्ताको अनुभव छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...