गर्भपतन गरेर भ्रुण फाल्ने दुई जना पक्राउ

Published on

काठमाण्डौँ । ओखलढुङ्गामा गर्भपतन गरेर सडकमा भ्रुण फाल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । करिब दुई महिनाको भ्रुण गर्भपतन गराएर सडकमा फाल्ने सिद्धिचरण नगरपालिका–३ का ५१ वर्षीय पुरुष र ३३ वर्षीय महिलालाई प्रहरीले पक्राउ गरेको हो । अनैतिक शारिरीक सम्पर्कबाट गर्भ बसेपछि गर्भपतन गराई सडकमा फालेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय कार्कीले बताउनुभयो । ओखलढुङ्गा जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक एवम् सूचना अधिकारी कार्कीले जानकारी दिनुभयो । मृत फेला परेका दुई महिनाको शिशु पोस्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको छ । पोस्टमार्टम र डिएनए परीक्षणको रिपोर्ट आएपछि अनुसन्धान थप अघि बढ्ने प्रहरीले जनाएको छ । प्रहरीले आरोपितहरुको परिचय गोप्य राखेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...