सहकारीपीडित र रास्वपाको प्रदर्शनले जनजीवन प्रभावि

Published on

काठमाण्डौँ । पछिल्लो एक सातादेखिका निरन्तर प्रदर्शनले पोखराको जनजीवन प्रभावित बनेको छ । सूर्यदर्शन सहकारीकापीडित र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताको प्रदर्शनले ठाउँ–ठाउँमा सडक अवरुद्ध र ट्राफिक जाम हुने गरेका छन् । पूर्वगृहमन्त्रीसमेत रहनुभएका रास्वपा सभापति रवि लामिछाने र पूर्व प्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई म्याद थपका लागि बिहीबार कास्की अदालतमा लगिएको छ । भित्र म्याद थपको प्रक्रिया जारी रहँदा निषेधित क्षेत्र घोषणा भएकाले अदालत वरपर र जिल्ला प्रहरी कार्यालय कास्की आसपासको क्षेत्र सुनसान छ । यी क्षेत्रमा प्रहरीले सवारी आवागमन रोकेको छ । गएको आइतबार लामिछानेलाई म्याद थपका लागि लगिएको बेला सहिदचोकमा भएको प्रदर्शन हटाउन नसकेपछि प्रशासनले निषेधाज्ञा लगाएको थियो । कात्तिक २ गते पक्राउ पर्नुभएका लामिछाने र असोज ६ गते पक्राउ पर्नुभएका जोशी दुवै गोरखा मिडिया प्रालिका पूर्वसञ्चालक हुनुहुन्छ । गोरखा मिडियामा पोखराको सूर्यदर्शन सहकारीबाट तीन करोडभन्दा बढि रकम अवैधानिक रुपमा गएको देखिएको छ ।

लामिछाने पक्राउ परेपछि देशैभरबाट नेता, कार्यकर्ता पोखरा केन्द्रित गरी रास्वपाले प्रदर्शन जारी राखेको छ । आज वाइचोकमा १० बजेदेखि रास्वपाको प्रदर्शन जारी छ । सँगसँगै सूर्यदर्शनका पीडित बचतकर्ताले मुस्ताङचोकमा प्रदर्शन गरिरहेका छन् । एक अर्ब ३५ करोड रकम अपचलन भएको सूर्यदर्शनको मुद्दा जिल्ला अदालत कास्कीमा विचाराधिन छ । संसदीय समितिले सिफारिसबमोजिम लामिछानेमाथि अनुसन्धान थालेको प्रहरीले आइतबार उहाँसँग बयान लिन सुरु गरेको थियो । बयान नसकिएकाले थप थुनामा राख्न म्याद थपका लागि जोशी र लामिछानेलाई अदालत लगिएको हो । दुवै पक्षको विरोध प्रदर्शनका कारण सडकमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । सहिदचोकमा पानीको फोहोर हान्ने गाडीसमेत सडकमै राखिएको छ । मुख्य पर्यटकीय क्षेत्र लेकसाइडको प्रवेशद्धार सहिदचोक र आसपासका क्षेत्रमा निषेधाज्ञा जारी भएपछि सर्वसाधारण र पर्यटकसमेत हिँडेरै गन्तव्यतिर जान बाध्य भएका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...