नवलपुरमा एक जनाको हत्या

Published on

काठमाण्डौँ । धारिलो हतियार प्रहार गरी नवलपुरमा एक जनाको हत्या गरिएको छ । सोही जिल्लाको देवचुली नगरपालिका वडा नं. ९ बस्ने विशालटारका ३० वर्षीय अर्जुन नेपालीले सोही ठाउँका २९ वर्षीय मिलन मानन्धरलाई हतियारले पेटमा प्रहार गरी हत्या गरेको त्यहाँको स्थानिय प्रहरीले जनाएको छ ।
धारिलो हतियारको चोटबाट घाइते भएका मानन्धरको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मानन्धरको हत्या गरी भाग्दै गरेको क्रममा नेपालीलाई स्थानिय प्रहरी प्रशासनले कावासोती नगरपालिका १६ डण्डामा पक्राउ गरी नियन्त्रणमा लिएको छ । हत्या बारे थप अनुसन्धान चलिरहेको प्रहरी नायव उपरीक्षक जेशी साहले जानकारी दिनु भयो ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...