राष्ट्रपति पौडेलले गर्नुभयो गौरीघाट र कमलपोखरीमा छठ पूजा

Published on

काठमाण्डौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ छठ पर्व २०८१ का अवसरमा छठी माताको पूजा आराधना गर्नुभएको छ । राष्ट्रपति पौडेलले काठमाडौँको गौरीघाट र कमलपोखरीमा तयार गरिएको छठ पूजास्थलमा पुगेर बिहीबार अपराह्न छठी माताको पूजा अर्चना गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले पूजा स्थलमा अस्ताउँदो सूर्यलाई अर्घ्यदान गर्नुभएको थियो । राष्ट्रपति पौडेल सुरुमा पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि बागमती किनारमा निर्माण गरिएको छठ पूजास्थल पुग्नुभएको थियो । त्यहाँ उहाँले सूर्यसहित छठी माताको पूजा आराधना एवम् अर्घ्यदान गर्नुभयो । यसैगरी उहाँले गुह्वेश्वरीपछि कमलपोखरीमा रहेको छठ पूजास्थलमा पुगेर छठी माताको पूजा आरधना गर्नुभयो । राष्ट्रपति पौडेल गुहृेश्वरी र कमलपोखरीको पूजास्थल पुग्नुहुँदा छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गर्नुभएको जनाइएको छ ।

ताजा समाचार

कात्तिक नाचमा वराह र हिरण्याक्षको युद्ध

काठमाण्डौँ । हिजो बुधबार द्वादशीका दिन कात्तिक नाचको क्रममा वराह अवतार नाच देखाइएको छ...

होमस्टेलाई थारू कला संस्कृतिको अध्ययन केन्द्र बनाइँदै

काठमाण्डौँ । नेपालगन्जबाट २४ किलोमिटर उत्तर सुर्खेत रोडको नजिकमा रहेको गाभर भ्याली होमस्टे पश्चिम...

रारामा सुविधासम्पन्न होटलको अभाव

काठमाण्डौँ । पर्यटकीय स्थल रारातालमा पर्यटक बढे पनि सुविधासम्पन्न होटेल नहुँदा पर्यटकलाई आवासको समस्या...

लामखुट्टेको लार्भा नष्ट गर्न जैविक विषादीको प्रयोग

काठमाण्डौँ । नेपालगन्ज उपमहानगरपालिकाले डेङ्गी सार्ने लामखुट्टेको लार्भा नष्ट गर्न जैविक विषादी छर्किन सुरु...