निर्माण पक्ष र विरोधी पक्ष बिच ढुङ्गा हानाहान

Published on

काठमाण्डौँ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबुलकार निर्माणको विषयलाई लिएर ढुङ्गा हानाहान भएको छ। केबुलकार निर्माण पक्ष र विरोध गर्ने पक्षबिच ढुङ्गा हानाहान भएको हो । झडप हुँदा केबुलकार निर्माणविरुद्ध रहेका चन्द्र मादेनसहित पाँच जना घाइते भएका छन् । झडपमा घाइते हुनेको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुई पक्षबिच झडप हुँदा ढुङ्गा लागेर सुरक्षाकर्मीसमेत सामान्य घाइते भएका छन् । निर्माण क्षेत्रमा एक्साभेटर मेशिन लैजाने क्रममा झडप भएको हो । केही समयको झडपपछि प्रहरीले स्थिति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो । अहिले स्थिति सामान्य रहेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो । केबुलकार निर्माण स्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित छन् । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...