कविडाँडा आख्यान पुरस्कार प्रा. कृष्ण गौतमलाई

Published on

काठमाण्डौँ । कविडाँडा आख्यान पुरस्कार २०८० आख्यानकार प्राध्यापक कृष्ण गौतमलाई प्रदान गरिएको छ । कविडाँडा साहित्य समाज चितवनले शनिबार सौराहामा आयोजना गरेको पुरस्कार अर्पण समारोहमा प्रा. गौतमको अद्धैत उपन्यासका लागि सो पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा समाजका अध्यक्ष एल वि क्षेत्रीले पुरस्कृत श्रष्टालाई दोसल्ला ओढाइ सम्मान पत्र र नगद पुरस्कारले सम्मान गर्नुभएको हो । पुरस्कारको राशि एक लाख २५ हजार रुपियाँ रहेको छ । साहित्यका क्षेत्रमा चितवनमा स्थापित आख्यान पुरस्कारको राशि यो नै बढी हो ।

सो अवसरमा बोल्दै अध्यक्ष क्षेत्रीले अद्धेत उपन्यासले समाजमा दिन खोजेको सन्देशका बारेमा चर्चा गर्नुभएको थियो । समीक्षक डा. एक नारायण पौडेलले अद्धेत उपन्यास माथि समीक्षा गर्दै अद्धेत वर्षभरिकै उत्कृष्ट आख्यान भएको बताउनुभयो । कार्यक्रममा बोल्दै लेखक प्रा. गौतमले सम्मानले आफूलाई नयाँ पुस्तकको सिर्जनामा थप प्रेरणा जागेको बताउनुभयो । कार्यक्रममा समीक्षक महेश पौडेलले पनि उपन्यास माथि बोल्नु भएको थियो । प्रा. गौतमको उपन्यास अद्धेतलाई यस अघि पद्मश्री पुरस्कारबाट सम्मान गरिएको छ । गोरखापत्र

ताजा समाचार

रारामा सुविधासम्पन्न होटलको अभाव

काठमाण्डौँ । पर्यटकीय स्थल रारातालमा पर्यटक बढे पनि सुविधासम्पन्न होटेल नहुँदा पर्यटकलाई आवासको समस्या...

लामखुट्टेको लार्भा नष्ट गर्न जैविक विषादीको प्रयोग

काठमाण्डौँ । नेपालगन्ज उपमहानगरपालिकाले डेङ्गी सार्ने लामखुट्टेको लार्भा नष्ट गर्न जैविक विषादी छर्किन सुरु...

धनी मुलुकका कारण पर्वतीय मुलुकमा समस्याः राष्ट्रपति पौडेल

काठमाण्डौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका कारण पीडित हुनेहरुलाई न्याय दिने हो भने...

वराहक्षेत्रमा कात्तिके मेला

काठमाण्डौँ । सुनसरीको वराहक्षेत्र मन्दिरमा पौराणिककालदेखि लाग्दै आएको कात्तिके मेला सुरु भएको छ । वराहक्षेत्र...