फेरी म्याद थपका लागि रविलाई लगियो अदालत

Published on

काठमाण्डौँ । रवि लामिछानेलाई प्रहरी हिरासतमा राखेर म्याद थपका लागि आज आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । लामिछानेलाई म्याद थप गर्न लागेको यो चौथो पटक हो । न्यायाधीश नवराज दाहालको इजलासमा रविको मुद्दा रहेको छ । पोखरा सूर्यदर्शन सहकारीको रकम गोरखा मिडियामा लगी अपचलन गरेको आरोपमा कार्तिक २ गते पक्राउ परेका रविलाई कार्तिक १४ गतेबाट लागू हुने गरी १० दिनको म्याद थप कार्तिक २० गते गरिएको थियो । पहिलो पटक ६ दिनको, दोस्रो पटक ७ दिनको म्याद थप लामिछानेलाई गरिएको थियो । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक रविसहित पूर्व उपाध्यक्ष छविलाल जोशी, कर्मचारी गीता पछाईं र नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाललाई म्याद थपका लागि अदालत लगिएको छ । उनीहरु विरुद्ध सहकारी ठगी, सङ्गठित अपराध, र सम्पत्ति शुद्धिकरणको अभियोेगमा अनुसन्धान जारी छ ।

spot_img

ताजा समाचार

मौरिससमा रहेका १४ हजार नेपाली श्रमिकको अधिकारबारे छलफल

काठमाडौँ । मौरिससमा कार्यरत करिब १४ हजार नेपाली श्रमिकको अधिकार, सुरक्षा र मर्यादित रोजगारी...

भीरबाट लडेर बझाङका वडाध्यक्ष टंकप्रसाद जोशीको मृत्यु

बझाङ - बझाङको बुंगल नगरपालिका–७ का वडाध्यक्ष टंकप्रसाद जोशीको भीरबाट लडेर मृत्यु भएको छ। ५०...

बंगालको खाडीमा चक्रवात विकसित हुँदै, नेपालमा ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने

काठमाडौँ - बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवातमा परिणत हुने र त्यसको प्रभाव नेपालमा...

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्सले दक्षिण अफ्रिकाका...