वराहक्षेत्रमा कात्तिके मेला

Published on

काठमाण्डौँ । सुनसरीको वराहक्षेत्र मन्दिरमा पौराणिककालदेखि लाग्दै आएको कात्तिके मेला सुरु भएको छ । वराहक्षेत्र नगरपालिका वडा नम्बर १ मा रहेको वराह भगवान्को विशेष पूजाअर्चना गरी मेला सुरु गरिएको हो । मेला हरिबोधनी एकादशीको दिनदेखि सुरु भएर पूर्णिमासम्म पाँच दिन लाग्छ । यो अवधिमा सप्तकोशी नदीमा स्नान गरी वराह भगवान्को दर्शन गर्नाले पुण्य प्राप्त हुने विश्वासका साथ दर्शनार्थीको भिड लाग्ने गर्छ । वराह क्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिले मेलाका लागि आवश्यक पूर्वाधार घाट, विद्युत्, खानेपानी, स्वास्थ्य र सुरक्षाको व्यवस्थापन गरेको जनाएको छ ।

समितिका अनुसार भारतका विहारवासीले वराह भगवान्लाई आफ्नो कुलदेवता मान्ने गरेकाले मेलाको अवसरमा त्यहाँबाट हजारौँ भक्तजन आउने गर्छन् । मेलाको अवसरमा वराह भगवान्को दैनिक विशेष पूजाअर्चना हुनुका साथै विद्वान् आचार्यहरूबाट कथा प्रवर्चन र भजनकीर्तन हुने गर्छ । पौराणिक कथा अनुसार भगवान् वराह तथा वराह क्षेत्र धामलाई संसारको पहिलो धामका रूपमा व्याख्या गर्ने गरिएको सचिव घिमिरेले बताउनुभयो । मेलाको अवसरमा स्थानीयले उत्पादन गरेको अम्लिसोको कुचो, नाङ्लो, डालो र तेजपत्ताको राम्रो व्यापार हुने गरेकाले स्थानीयवासी निकै उत्साहितसमेत हुने गरेका छन् । वराह भगवान् विष्णुका १० अवतारमध्ये तेस्रो अवतार मानिन्छ । सत्य युगमा डुब्न लागेको पृथ्वीलाई भगवान्ले वराहको रूप धारण गरेर डुब्नबाट जोगाएको पौराणिक कथा पाइन्छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...