थारु परम्परा र लोक संस्कृतिको संरक्षण गर्न कात्तिकेश कुवँर मेला

Published on

काठमाण्डौँ । नेपालका आदीवासी थारुको परम्परागत लोकसंस्कृती प्रदर्शन तथा संरक्षण गर्ने उद्देश्यले रौतहटको चन्द्रपुर नगरपालिका–८ मा जिल्लाकै ठुलो मानिने कात्तिकेश्वर कुवँर मेला सुरु भएको छ ।कात्तिक शुक्लपक्षको प्रतिपदादेखि पूर्णिमासम्म थारु महिलाहरु आफ्ना दाजुभाइको दीर्घ जीवनको कामना गर्दै मनाउने समाचकेवा पर्वको समापन अर्थात् पूर्णिमाको भोली पल्टदेखि नै हरेक वर्ष मेला सुरु हुने गर्दछ । मेला ४७ औँ वर्षमा प्रवेश गरेको छ ।

मेलामा थारु संस्कृती झल्किने झाँकी, लोकनृत्य, परम्परागत वस्तुलगायत थारु परिकारहरुको प्रदर्शनी रहेको मेलाका संयोजक नवेश चौधरी बताउनुहुन्छ । स्थानीय स्तरमा उत्पादित तरकारी, खाद्यान्न सामग्री, लत्ताकपडा लगायत अन्य दैनिक उपभोग्य वस्तु सस्तो मूल्यमा पाइने उक्त मेलामा नेपालका बिभिन्न स्थान र भारतबाट समेत व्यापारीहरु आउने गर्छन् ।

धानबाली भित्र्याई सकेपछि थकाई मार्न र मनोरञ्जन लिन सन्तपुरका थारु समुदायका नागरिकले आयोजना गरेको उक्त मेलामा मधेश प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही, सप्तरी लगायत आठै जिल्ला र छिमेकी मुलुक भारतको विहार राज्यका मानिसहरु समेत मेला भर्न आउँछन् । संयोजक चौधरीकाअनुसार शनिबारदेखि आउँदो शनिबरसम्म ८ दिन लाग्ने उक्त मेलामा कात्तिकेश कुवँरको पुजा गरी उद्घाटन गरिन्छ र मेला विधिवत्रुपमा सुरु हुन्छ ।

मेलाको मुख्य आकर्षक पक्ष थारु संस्कृती झल्किने झाँकी, लोकनृत्यलगायत थारु परिकारहरुको प्रदर्शनीका अलावा मनोरञ्जनमा रोटेपिङ्ग, मौतका कुवा, टावर झुला, हर्स पिङ्ग, जादुघर, छिमेकी राष्ट्र भारतको ढाका मोथिहारी रोडबाट ल्याइएको अर्केष्ट्रा मञ्चन गरिनुका साथै स्थानिय प्रतिभालाई उजागर गर्ने उद्देश्यले खुल्ला नृत्य प्रतियोगिता समेत सञ्चालन गरिने मनोरञ्जन समितिका संयोजक जलेन्द्र चौधरीले जानकारी दिनुभयो ।

मेला अवधि भरिमा करिव पाँच लाख मानिस मेला भर्न आउने मेला आयोजक समितिले जनाएको छ । मेलामा विभिन्न समुदायका मानिसहरुको जमघट हुने भएकाले कुनै अप्रिय घटना नघटोस भन्ने उद्देश्यले सुरक्षा व्यवस्था कडा पारिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र सशस्त्र प्रहरी वेसक्याम्प सन्तपुरले जनाएको छ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...