नेपालमा २२ देशका मुद्रा खरिद विक्री

Published on

काठमाण्डौँ । नेपालमा २२ देशका मुद्रा खरिद विक्री हुन थालेको छ । यस अघि २१ देशका मुद्राको कारोवार गर्दै आएको नेपाल राष्ट्र बैंकले ओमानको मुद्रा कारोवार सुरु गरेसँगै २२ देशको मुद्राको कारोवार सुरु भएको विदेशी विनिमय व्यवस्थापन विभागका कामु कार्यकारी निर्देशक राजेन्द्र भट्टराई जानकारी दिनुभयो । केन्द्रीय बैंकले एकीकृत परिपत्र, २०८० मा संशोधन गर्दै ‘ओमानी रियाल’ थप भएको छ । भट्टराईका अनुसार विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ ले दिएको अधिकार प्रयोग गरी उक्त मुद्रालाई नेपालमा कारोबारका लागि थप गरिएको छ । ओमानी रियालको खरिद बिक्री सुरु भएपछि वैदेशिक रोजगारीका लागि ओमान पुगेको नेपाली नागरिकका लागि थप सहज हुने बताइएको छ ।

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...