बर्दियाको जब्दीघाट पुल मर्मत नहुँदा स्थानीयलाई सास्ती

Published on

काठमाण्डौँ । बर्दिया जिल्लाको सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाट पुल भासिएको लामो समयपछि पनि मर्मत सम्भार वा पुननिर्माण नहुँदा सो क्षेत्रका सयौं सर्वसाधारणले ठुलो सास्ती खेप्नु परेको छ । सो पुल भासिएपछि बारबर्दिया लगायतका क्षेत्रबाट बर्दिया सदरमुकाम गुलरिया आउजाउ गर्ने मोटर बाटाहरु बन्द भएकोले सर्वसाधारणलाई निकै सास्तीको सामना गर्नु परेको हो । पप्पु कन्स्ट्रक्सनले साढे १६ करोड रुपियाँ बढीको लागतमा बनाएको सो पुल उदघाटन नहुँदै भासिएपछि बबई नदि वारपार गर्न यहाँका नागरिकलाई डुङ्गाको सहारा लिनु पर्ने बाध्यता रहेको छ । समयमा डुङ्गा नपाइने भएकोले विरामी, बालबालिका र जेष्ठ नागरिक सवैभन्दा बढि मारमा परेका छन् ।

विक्रम सम्वत २०७४ साल साउनमा आएको बाढीले पुलको पिलरमा क्षति पुरयाउँदा पुलको दुई वटा पिलर भासिएको थियो । त्यसयता पटक पटक प्रयास र माग गरिएपनि पुल मर्मत सम्भार वा पुनर्निमाण हुन सकेको छैन । सो पुल ४३५ मिटर लामो र ७.४ मिटर चौडा छ । यो पुल तरेर गुलरियाबाट बारबर्दिया नगरपालिका हुँदै पूर्वपश्चिम राजमार्गको रम्भापुर आउ–जाउ गर्न सकिन्थ्यो । यो पुल पनि भत्किएपछि सदरमुकाम गुलरियासँगको सम्पर्क टुटेको बारबर्दियाका स्थानीय रमेश थारुले गुनासो गर्नुभयो ।

उहाँका अनुसार पूर्ण रुपमा संचालनमा नआउँदै भासिएको पुल समेत सर्वसाधारणले प्रयोग गर्दै आएका थिए । चार पांग्रे सवारी साधन सञ्चालन गर्न नमिले पनि मोटरसाइकल, साइकल र पैदल आउजाउ गर्न सकिने अवस्थाको पुललाई समेत २०७९ सालमा आएको बाढीले बगाउँदा यस क्षेत्रका बासिन्दालाई डुङ्गा को भर पर्न परेको थारुले बताउनुभयो । नदी वारपार गर्न अब डुङ्गा प्रयोग गर्नुको कुनै विकल्प नभएको नदी पारी र वारीका स्थानीयको भनाइ छ । पुल मर्मत नभएपछि जब्दीघाटमा स्टीमर संचालनमा रहेको छ । स्टीमरमार्फत नदी पार गरेबापत एक जनाले १० रुपियाँ शुल्क बुझाउनु पर्छ । साइकलको १० र मोटरसाइकलको १५ रुपियाँ बुझाउनु पर्ने बाध्यता रहेको अर्का स्थानीय मनोज थापाको भनाइ छ ।

सर्वसाधारणका लागि स्टीमर संचालनका लागि गुलरिया र बारबर्दिया नगरपालिकाले ठेक्का दिएका छन् । ठेकेदारले खसी, बोका पार गरेबापत समेत शुल्क लिने गरेको छ । खसी, बोकाको १० रुपियाँ शुल्क बुझाउनु पर्ने स्थानीयको भनाइ छ । यो घाटबाट दैनिक कम्तीमा दुई हजार सर्वसाधारण आउजाउ गर्छन् । पुल पुनर्निर्माण नहुँदा सदरमुकाम गुलरिया आउन सर्वसाधारणले सास्ती खेप्न परेको छ । पुल भएको बेला १५ मिनेटमा गुलरिया पुगे पनि डुङ्गा मार्फत नदि तर्दा झण्डै एक घण्टा लाग्ने गरेको स्थानीयले जनाएका छन् । सो पुलको निर्माणका लागि बर्दियाका सांसद तथा पूर्वमन्त्री सन्जय गौतमले पुल मुनि आमरण अनसन बसेपनि सो पुल अझै ज्युँ का त्युँ नै छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...