दुर्लभ सारस नकैया सिमसार क्षेत्रमा

Published on

काठमाण्डौँ । विश्वमै दुर्लभ सारस कञ्चनपुरको नकैया सिमसार क्षेत्रमा देखापरेका छन् । बेलौरी नगरपालिकामा रहेको सो सिमसार क्षेत्रमा तीनवटा सारस देखा परेका हुन् । सारस सिमसारको सूचक प्रजाति मानिन्छन् । नकैया सिमसार क्षेत्रमा साना कुलोका साथै, साना घोलसहितको दलदल छ । सारसको उपस्थितिले सिमसार क्षेत्र र पारस्थितीय प्रणाली स्वस्थ रहेको बुझाउने गर्दछ । कञ्चनपुरको रतनपुर सिमसार र बेल्डाँडी क्षेत्रमा हरेक वर्षजसो दुर्लभ सारस देखिने गरेका छन् । यसैगरी शुक्लाफाँटा निकुञ्ज क्षेत्रबाहिर रहेको पुरैनी तालमा पनि सारस आउने गर्दछन् । पुरैनी तालमा सबैभन्दा पहिले २०१७ मा दुई वटा सारस अभिलेख गरिएको थियो । कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको सिमसारमा प्रायः सारस देखिने गरेको चराविद् हिरुलाल डङ्गौराले बताउनुभयो । “नकैया सिमसारमा सारसले प्रजनन् गर्ने र बच्चा कोरल्ने गरेको यहाँको स्थानीयको भनाइ छ” उहाँले थप्नुभयो, “तर, हाम्रो अध्ययन, अनुसन्धानको क्रममा अहिलेसम्म त्यस्तो पाइएको छैन ।”

सारसले सर्पको सङ्ख्या नियन्त्रण गर्नुका साथै कृषि बालीका लागि हानिकारक शङ्खेलगायतका अन्य प्रजातिका किरा खाएर अन्न उत्पादनमा सहयोग गर्ने गरेका छन् । यसैगरी बाघ, चितुवाजस्ता हिंस्रक जनावरनजिक आउन लागेमा पनि सारसले कराएर जानकारी दिने र आक्रमण हुनबाट जोगाउने गर्दछन् । खेतीपातीमा किटनाशक विषादीको प्रयोग, जल क्षेत्रको अत्यधिक र अव्यवस्थित उपयोगले सिमसार मासिँदै गएको छ । सिमसारमा परेको असरले सारस चरालाई असर परिरहेको छ । वासस्थानको रुपमा रहेको सिमसार क्षेत्र तीव्र रुपमा मासिँदै जानु नै सारसका लागि प्रमुख चुनौती बन्दै गएको छ ।

नेपालमा चार प्रजातिका सारस पाइन्छन् । जसमध्ये कालो टाउके र सारस विश्वमै दुर्लभ प्रजाति हुन । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसीएन) को रातो सूचीमा रहेको संवेदनशील प्रजाति सारस नेपालको पश्चिम तराईको लुम्बिनी क्षेत्रमा वर्षभरि पाइने गर्दछन् । तर, कालो टाउके सारस भने आक्कलझुक्कल देखिने गरेको बताइन्छ । लक्ष्मण र कर्‍याङ्कुरुङ सारस भने हिउँदे आगन्तुक तथा बटुवा चरा हुन् । उत्तरी ध्रुवमा हिमपात भएपछि अनुकूल मौसम, सुरक्षित वासस्थान र चरनको खोजीमा यो दुई प्रजातिका सारस चरा बर्सेनि नेपाल हुँदै भारत र श्रीलङ्कातर्फ जाने गरेको डङ्गौराको भनाइ छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...