थारु समुदायको लवाङ्गी पूजा सम्पन्न

Published on

काठमाडौँ । थारु समुदायको ठुलो पर्व लवाङ्गी कैलालीको घोडाघोडीमा शनिबार सम्पन्न भएको छ । पश्चिम तराईका थारुहरुको कुलदेवताको रुपमा रहेको कैलालीको घोरीघोरा देउथानमा सो पूजा धुमधामका साथ सम्पन्न भएको हो । विश्व रामसारसाइड घोडाघोडीमा थारु समुदायले सामूहिक रुपमा पूजा सम्पन्न गरेको घोडाघोडी नगर भल्मन्सा समितिका अध्यक्ष बुधराम चौधरीले जानकारी दिनुभयो । उहाँले यसवर्ष अरु वर्षभन्दा अझ उल्लास र व्यापकरुपमा पूजा सम्पन्न भएको बताउनुभयो । यसवर्ष पूजामा कैलालीका आठवटा पालिकाका गुरुवाहरुको सहभागिता रहेको थियो । थारु समुदायले नयाँ अन्नबाली भित्र्याइसकेपछि आफ्नो कुल देवतालाई चढाएर लवाङ्गी पूजा गरिने चलन छ ।

लवाङ्गीको अर्थ नयाँ रहेको र विशेषगरी नयाँ अन्न देउतालाई चढाएर मात्र खाने चलन भएकाले लवाङ्गी पूजा गर्ने चलन रहेको अध्यक्ष चौधरीले बताउनुभयो । विगतभन्दा यसवर्ष पूजा गर्न आउनेको सङ्ख्यासमेत बढेको छ । विगतमा ८४ गाउँको सहभागिता हुने लवाङ्गी पूजामा यसवर्ष १०२ गाउँका थारु समुदायको सहभागिता थियो । कैलालीका विभिन्न गाउँबाट पूजाको अघिल्लो दिन राति थारु गुरुवा घोडाघोडी पुग्ने र रातभर धामी बस्ने ९धाक बोली० बिहान ५ बजे मुख्य गुरुवाले बलिसहित पूजा गरेपछि अन्यले पूजा तथा बलि दिन पाउने चलन रहेको थारु अगुवा जगनारायण चौधरीले बताउनुभयो । लवाङ्गी पूजाका दिन विभिन्न भाकल राखेकाहरुले बोका, भेडा, कुखुराको बलि दिने चलन छ । पछिल्लो समय थारु समूदायले मात्र नभई पहाडी समुदायका मानिसले समेत लवाङ्गी पूजामा बलि दिन थालेका छन् । उक्त दिन पूजा तथा बलि चढाएमा मनोकांक्षा पूरा हुने जनविश्वास छ ।

शनिबार घोडाघोडीमा बिहानदेखि दिउँसो १२ बजेसम्म कुखुरा, बङ्गुर, बोका, भेडा, हाँस गरी एक हजार १६ बलि चढाइएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो । परम्परागत गरिँदै आएको लवाङ्गी पूजालाई बृहत् र भव्य बनाउन २०६३ सालदेखि लवाङ्गी पूजा तथा महोत्सव समिति गठन गरी घोडाघोडीमा महोत्सवको आयोजना गरिँदैआएको छ । लवाङ्गी पूजाकै अवसरमा यो वर्ष पनि मङ्सिर १९ गतेदेखि २१ गतेसम्म महोत्सवको आयोजना गरी विभिन्न गाउँका मुग्रहवा, सखियालगायत विभिन्न नाच तथा झाँकी, थारु भेषभूषा, खानेकुरा ढिक्री, माछा, गँगटा, घोँगी, खँरियालगायत खानेकुराको प्रचार–प्रसार र प्रदर्शन गरिएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...