लुम्बिनीलाई सुदूरपश्चिमको नमिठो झट्का

Published on

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सलाई सुदूरपश्चिम रोयल्सको नमिठो झट्का लागेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार बिहान भएको खेलमा लुम्बिनी सुदूरपश्चिम रोयल्ससँग ४५ रनले पराजित भयो । लुम्बिनीको यो लगातार तेस्रो हार हो । हारसँगै लुम्बिनीको प्ले अफ पुग्ने सम्भावना कमजोर बन्दै गएको छ । लुम्बिनी यसअघि आफ्नो पहिलो खेलमा विराटनगर किङ्ग्ससँग दुई विकेट र दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग १० विकेटले पराजित भएको थियो । सुदूरपश्चिमले भने जितको लय कायम राखेको छ । लगातार तेस्रो जित निकालेको सुदूरपश्चिमले प्ले अफ पुग्ने सम्भावना बलियो बनाएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेपनि सुदूरपश्चिम बलियो योगफल तयार गर्दै लुम्बिनीलाई झड्का दिन सफल भयो । यसअघि सुदूरपश्चिमले पहिलो खेलमा विराटनगरलाई ९० रन र दोस्रो खेलमा काठमाडौँ गुर्खाजलाई ७३ रनले हराएको थियो । जितका लागि एक सय ८८ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको लुम्बिनी निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ४२ रनमा समेटियो । लुम्बिनीको सुरुवाती ब्याटिङ लाइन धरासायी बन्यो । पहिलो पावर प्लेमै पाँच विकेट गुमाएकोदलुम्बिनीका लागि मध्यक्रममा ब्याट्सम्यान सन्दीप जोराले २० रन बनाउनुभयो । त्यसपछि विवेक यादवले ७७ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीको हार टरेन । उहाँले ५४ बलमा तीन चौका र सात छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । दिनेश अधिकारीले १४ रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । लुम्बिनीलाई सस्तैमा समेट्न बलिङमा सुदूरपश्चिमका ब्रान्डन म्याकमुलन र सईफ जैवले तीन तीन विकेट लिनुभयो । जैव प्लेयर अफ दि म्याच बन्नुभयो । स्कट कुग्लेजिनले दुई तथा अविनाश बोहराले एक विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ओभरमा चार विकेटको क्षतिमा एक सय ८७ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि सईफ जैवले सर्वाधिक ९० रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । उहाँले ६१ बलमा ६ चौका र पाँच छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ३९ रन बनाउनुभयो । उहाँले उक्त रन बनाउने क्रममा १९ बलमा चार चौका दुई छक्का हान्नुभयो । यस्तै ब्रान्डन म्याकमुलनले २३, ओपनर विनोद भण्डारीले १७, स्कट कुग्लेजिनले अविजित ११ रन बनाउनुभयो । आरिफ शेख शून्य रनमा पेभेलियन फर्कनुभयो । बलिङमा लुम्बिनीका रामोन सिमोन्डले दुई तथा कप्तान रोहित पौडेल र विवेक यादवले एक एक विकेट लिनुभयो । जितसँगै तीन खेलबाट ६ अङ्क बनाएको सुदूरपश्चिम तालिकाको शीर्षस्थानमा उक्लिएको छ । समान ६ अङ्क बनाएको जनकपुर बोल्ट्स रन रेटको आधारमा दोस्रो स्थानमा छ । अङ्कबिहीन लुम्बिनी अन्तिममा छ । शनिबार नै अर्को खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्सबिच प्रतिस्पर्धा हुँदैछ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...