स्याङ्जालाई कालीगण्डकी कोरिडोरबाट जोड्न आवश्यक छ : उपप्रधानमन्त्री सिंह

Published on

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले स्याङ्जालाई कालीगण्डकी कोरिडोरबाट जोड्न आवश्यक रहेको बताउनुभएको छ । स्याङ्जाको प्रसिद्ध धार्मिक स्थल गह्रौंसुर मन्दिरको दर्शनपछि बोल्नुहुँदै उपप्रधानमन्त्री सिंहले दोहोरो रुपमा कालीगण्डकी कोरीडोर मार्फत जोड्न सकिने बताउनुभएको हो । उहाँले भन्नुभयो, “पाल्पाको रामपुरबाट चापाकोट, वालिङ हुँदै पर्वत जोड्न सकिन्छ ।” सडकलाई जोड्न आफूले पहल गर्ने उपप्रधानमन्त्री सिंहको प्रतिबद्धता समेत व्यक्त गर्नु भयो। स्याङ्जाको विकासलाई कोरिडोरले जोड्न अपरिहार्य रहेको उहाँको भनाइ छ ।

नेपालमा धार्मिक पर्यटनको राम्रो सम्भावना रहेको भन्दै उपप्रधानमन्त्री सिंहले यसको विकासमा सरकारले काम गरिरहेको बताउनु भयो । धर्म,संस्कार र संस्कृति नेपालको पहिचान भएको सिंहको भनाइ छ । स्याङ्जाको कालीगण्डकी–७ मा रहेको मिर्मी बहुमुखी क्याम्पसमा सञ्चलन हुन लागेको धार्मिक महायज्ञको उद्घाटन गर्न जिल्ला आउनुभएका उपप्रधानमन्त्री सिंहले गह्रौंकालिका मन्दिरको भ्रमण गर्नुभएको हो । सो अवसरमा मन्दिरको पुनर्निमाण र व्यवस्थापन गर्दै आउनुभएका समाजसेवी डोलराज शर्माले मन्दिर तथा यसमा भईरहेका विकास निर्माणका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका पूर्व मन्त्री सरस्वती अर्याल,वालिङ नगरपालिकाका निवर्तमान् प्रमुख दिलिपप्रताप खांण,मन्दिर व्यवस्थापन समितिका अध्याक्ष सुरजप्रचाप खांण लगायतले बोल्नुभएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...