माघे सङ्क्रान्तिमा म्याग्दी महोत्सव हुने

Published on

काठमाडौँ । आगामी माघे सङ्क्रान्तिको अवसर पारेर म्याग्दी उद्योग वाणिज्य सङ्घले म्याग्दी महोत्सव तथा माघे सङ्क्रान्ति मेला–२०८१ को आयोजना गर्ने भएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घले आइतबार बिहान पत्रकार सम्मेलनको आयोजना गरेर पुस २८ देखि माघ ८ गतेसम्म १० दिने म्याग्दी महोत्सव आयोजना गर्ने जानकारी दिएको हो । आठौं म्याग्दी महोत्सव एवम् माघे सङ्क्रान्ति मेला तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०८१ आयोजना गरिएको जानकारी गराइएको थियो । सङ्घको कार्यसमितिको बैठबाट निर्णय भएर विभिन्न ३७ वटा उपसमिति निर्माण गरी महोत्सवको तयारी थालिएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवको उद्घाटन २८ पुसमा हुने र समापन ८ माघमा हुने छ ।

महोत्सवको अवसरमा एक करोड ३४ लाख २९ हजार रुपियाँ आम्दानी र एक करोड २९ लाख १८ हजार नौ सय १४ रुपियाँ खर्च भएर सङ्घलाई पाँच लाख १० हजार ८६ रुपियाँ बचत गर्ने लक्ष लिएको उहाँले जानकारी दिनुभयो । महोत्सवको समयमा म्याग्दी क्षेत्रभित्र १० करोड रुपियाँभन्दा बढीको आर्थिक कारोबार हुने लक्ष्य राखिएको सङ्घले जनाएको छ । महोत्सवमा खुला लोक तथा दोहोरी गीत प्रतियोगिता, गण्डकी प्रदेशस्तरीय अन्तरपालिका पुरुष भलिबल तथा खुला महिला भलिबल, गण्डकी प्रदेशभित्रका वडास्तरीय बास्केटबल प्रतियोगिता, खुला रत्यौली प्रतियोगिता, भजन प्रतियोगिता, पुर्ख्यौली नाच प्रतियोगिता, म्याग्दी आइडल एकल लोकनृत्य प्रतियोगिता, जातजाति, जनजातिको झाँकी प्रतियोगिता पनि महोत्सवको अवसरमा हुनेछ । त्यस्तै महिला पुरुष छेलो हान्ने प्रतियोगिता, महिला पुरुष लाठो तान्ने प्रतियोगिता पनि महोत्सवको अवारमा हुने म्याग्दी महोत्सवका मूल संयोजक एवम् म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्रेष्ठले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...