माघे सङ्क्रान्तिमा म्याग्दी महोत्सव हुने

Published on

काठमाडौँ । आगामी माघे सङ्क्रान्तिको अवसर पारेर म्याग्दी उद्योग वाणिज्य सङ्घले म्याग्दी महोत्सव तथा माघे सङ्क्रान्ति मेला–२०८१ को आयोजना गर्ने भएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घले आइतबार बिहान पत्रकार सम्मेलनको आयोजना गरेर पुस २८ देखि माघ ८ गतेसम्म १० दिने म्याग्दी महोत्सव आयोजना गर्ने जानकारी दिएको हो । आठौं म्याग्दी महोत्सव एवम् माघे सङ्क्रान्ति मेला तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०८१ आयोजना गरिएको जानकारी गराइएको थियो । सङ्घको कार्यसमितिको बैठबाट निर्णय भएर विभिन्न ३७ वटा उपसमिति निर्माण गरी महोत्सवको तयारी थालिएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवको उद्घाटन २८ पुसमा हुने र समापन ८ माघमा हुने छ ।

महोत्सवको अवसरमा एक करोड ३४ लाख २९ हजार रुपियाँ आम्दानी र एक करोड २९ लाख १८ हजार नौ सय १४ रुपियाँ खर्च भएर सङ्घलाई पाँच लाख १० हजार ८६ रुपियाँ बचत गर्ने लक्ष लिएको उहाँले जानकारी दिनुभयो । महोत्सवको समयमा म्याग्दी क्षेत्रभित्र १० करोड रुपियाँभन्दा बढीको आर्थिक कारोबार हुने लक्ष्य राखिएको सङ्घले जनाएको छ । महोत्सवमा खुला लोक तथा दोहोरी गीत प्रतियोगिता, गण्डकी प्रदेशस्तरीय अन्तरपालिका पुरुष भलिबल तथा खुला महिला भलिबल, गण्डकी प्रदेशभित्रका वडास्तरीय बास्केटबल प्रतियोगिता, खुला रत्यौली प्रतियोगिता, भजन प्रतियोगिता, पुर्ख्यौली नाच प्रतियोगिता, म्याग्दी आइडल एकल लोकनृत्य प्रतियोगिता, जातजाति, जनजातिको झाँकी प्रतियोगिता पनि महोत्सवको अवसरमा हुनेछ । त्यस्तै महिला पुरुष छेलो हान्ने प्रतियोगिता, महिला पुरुष लाठो तान्ने प्रतियोगिता पनि महोत्सवको अवारमा हुने म्याग्दी महोत्सवका मूल संयोजक एवम् म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्रेष्ठले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...