स्वास्थ्य सेवासम्बन्धी गुनासो सुन्न ‘हेल्लो स्वास्थ्य’ सुरु

Published on

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका स्वास्थ्य संस्थाको सेवा सम्बन्धमा गुनासो सम्बोधन गर्न हेल्लो स्वास्थ्य सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय तथा मन्त्रालय मातहतका स्वास्थ्य संस्थाको सेवासम्बन्धमा गुनासो सम्बोधन गर्न हेल्लो स्वास्थ्य सुरुवात गरेको हो । यसको लागि मन्त्रालयले गुनासो पठाउनुहोस्, हामी समाधान खोज्छौँ भन्ने नारा सहित निस्शुल्क कल सेन्टर १११५ मा बिहान ८:०० बजेदेखि बेलुका ८:०० बजेसम्म फोन गरेर आफ्नो गुनासो पठाउन तथा स्वास्थ्य सेवाबारे जानकारी लिनसक्ने व्यवस्था गरेको छ ।

भाइबर र ह्वाट्स एप नम्बरमा ९८५१३३०५९२ नम्बरमा गुनासा, सन्देश पठाउन सकिने व्यवस्था मन्त्रालयले गरेको छ । त्यसैगरी, इमेलमार्फत हेल्लो हेल्थ एट एमओएचपी डट जीओभी डट एनपीमा मन्त्रालयमा वा हुलाक मार्फत गुनासो पठाउन सक्ने व्यवस्था मन्त्रालयले गरेको । स्वास्थ्य सेवालाई अझ पारदर्शी र नागरिकप्रति उत्तरदायी बनाउन मन्त्रालयले यो सेवा सुरु गरेको जनाएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...