हिउँमाथि पढ्दै विद्यार्थी

Published on

काठमाडौँ । बाजुरामा मङ्सिर, पुस र माघको चिसोले सबैको मुटु काम्ने गर्छ । त्यसैमा आइतबार राति हिमाली क्षेत्रमा पर्ने अधिकांश ठाउँमा बाक्लो हिमपात परेपछि अहिले यहाँ निकै चिसो बढेको छ । यहाँ परेको बाक्लो हिमपातका कारण चिसोले यहाँका अधिकांश विद्यार्थीहरूको पढाई समेत प्रभावित हुँदै आएको छ । बुढीनन्दा नगरपालिकाका–९ सिद्धेश्वरी अनाथ विपन्न तथा जनजाति आवासीय विद्यालयका शिक्षिका जुना रावत हिउँको चिसोमा विद्यार्थीहरूलाई पढाई रहनुभएको छ । उहाँले आफ्नो पाँच महिने शिशुलाई पिठ्यूँमा बोकेर विद्यार्थीलाई शिक्षा दिइरहनुभएको छ । हिउँदको कठ्याङ्ग्रिँदो चिसो उसैमा बाहिर बाक्लो हिम्पात भएको बेलामा पाँच छ महिनाका छोरीलाई पिठ्यूँमा बोकेर विद्यार्थीहरूलाई पढाइ गरेको दृश्यले सबै अचम्मित भएका छन् । विगतका वर्षहरूमा हिउँदमा यहाँका अधिकांश विद्यालय खाली हुन्थ्यो ।

तर अहिले हिउँदको चिसोमा होस् वा वर्षाको झरिमा होस् विद्यालय सञ्चालन हुन्छ । यद्यपि शनिबार र सार्वजनिक बिदा बाहेकमा भने बन्द हुने गर्छ । मङ्सिर, पुस र माघको चिसोका कारण बन्द हुने गरेको यो विद्यालय पछिल्लो समय सधैँ सञ्चालन हुँदै आएको छ । यसले गर्दा बालबालिकाहरू पढाइबाट वञ्चित हुनु परेको छैन । शिक्षिका रावतले अभिभावकसँगै औल लेक गरेर पढाइबाट वञ्चित हुँदै आएका यहाँका भोटे समुदायका विद्यार्थीहरू अहिले विद्यालयमै बसेर पढ्न थालेपछि पढाइमा पनि राम्रो सुधार आएको बताउनुभयो । सिद्धेशवरी अनाथ विपन्न तथा जनजाति आवासीय विद्यालय बाजुराको एक मात्र जनजातिको विद्यालय हो । यहाँ प्रायः भोटे समुदायका विद्यार्थी पढ्ने गर्दछन् । यसैगरी, विगत दुई वर्षदेखि जनजाति, दलित, हलियाका टुहुरा अनाथ बालबालिकाहरूलाई समेत विद्यालयमै राखेर पढाउने गरेको प्रधानाध्यापक तुलाबहादुर रावतले बताउनुभयो । यस विद्यालयमा १० जना टुहुरा, एक जना अनाथ, १५ जना जनजाति, द्वन्दपीडित र दलित साथै ४० जना भोट समुदायका गरी ६६ जना बालबालिकाहरू हिउँद र बर्खाको समयमा विद्यालयमै बसेर अध्ययन गरी रहेको प्रधानाध्यापक रावतले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...