हात्तीपाइले रोग निवारण सर्भेको काम अन्तिम चरणमा

Published on

काठमाडौँ । बाँकेमा हात्तीपाइले रोग निवारणका लागि सुरु गरिएको आइडिए इम्प्याक्ट सर्भेको काम अन्तिम चरणमा पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा र स्वास्थ्य कार्यालय बाँकेको संयुक्त आयोजनामा बाँकेका आठ वटै पालिकामा भइरहेको सर्भेको काम अहिले अन्तिम अवस्थामा पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमका फोकलपर्सन दुर्गा गौतमले दिनुभएको जानकारी अनुसार जिल्लाका ६५ वटा वडामा ४ हजार ७२५ स्याम्पल सङ्कलन गर्ने गरी सर्भेको काम भइरहेको छ । बाँकेलाई दुई साइडमा बाँडेर सर्भेको काम भइरहेको उहाँले बताउनुभयो ।

फोकलपर्सन गौतमका अनुसार नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकालाई साइड ‘ए’ बनाइएको छ भने कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका, जानकी गाउँपालिका र राप्तीसोनारी गाउँपालिकालाई साइड ‘बि’ बनाइएको छ । साइड ‘ए’ मा ३५ वटा वडा रहेको छन् भने साइड ‘बि’ मा ३० वटा वडा परेका छन् । साइड ‘ए’ तिरका डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकाका सबै वडामा सर्भेको काम सम्पन्न भइसकेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । सो कार्यालयका अनुसर नेपालगन्ज उपमहानगरपालिकामा सर्वे चलिरहेको छ । कोहलपुरका ८, राप्तीसोनारीका ६, जानकीका ४, बैजनाथका ७ र खजुराका ५ वटा वडा साइड ‘बि’ परेका छन् । साइड ‘बि’ तिरका कोहलपुर बाहेक अन्य सबै वडाको सर्भेको काम सम्पन्न भइसकेको छ । कोहलपुरमा पनि सर्भेको काम भइरहेको कोहलपुर नगरपालिकाका जनस्वास्थ्य निरीक्षक प्रेम पाण्डेले बताउनुभयो ।

मङ्सिर ११ गतेबाट सुरु भएको सर्भेको काम यही २८ गतेसम्म सम्पन्न गर्ने लक्ष्य छ । त्यसका लागि अहिले स्वास्थ्यकर्मी, ल्याव र महिला स्वास्थ्य स्वयमसेविकाको टोली घर–घरमा गइरहेको छ। गएको वर्ष पनि बाँकेलाई दुई साइडमा बाँडेर चार ठाउँमा इपिडिमियोलोजिकल मोनिटरिङ सर्भे (इएमएस)को काम गरिएको थियो । इएमएसमा पास भएपछि यो पटक आइआइएस–आइको काम भइरहेको हो । आइडिए इम्प्याक्ट सर्भे अन्तर्गत अहिले एउटा वडामा १०५ जनाको रक्त नमुना संकलन गरेर जाँच गर्ने काम भइरहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । सो सर्भे अनुसार २० वर्ष उमेर माथिका नागरिकको रक्त नमुना संकलन गर्ने काम भइरहेको छ । र्‍यापिट डाइग्नोस्टिक टेस्ट (आरडिटी) मार्फत माइक्रोफाइलेरिया फेला परे उनीहरूको फेरि राती दशदेखि २ बजेसम्मको समयमा माइक्रो स्कोपबाट रक्त नमुना जाँच गरी हात्तीपाइले रोगको परिजिवी भए नभएको पुष्टि गर्ने काम भइरहेको स्वास्थ्य कार्यालय बाँकेका ल्याब टेक्निसियन निरीक्षक केशव ज्ञवालीले बताउनुभयो । बाँकेमा निरन्तर १३ वर्षदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान चलिरहेको छ । ६ वर्षमै औषधि अभियान पूरा हुनुपर्ने भए पनि सबैले औषधि नखाइदिएका कारण यो अभियान बाँकेमा निरन्तर चलिरहेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...