विराटनगरले पोखरालाई दियो १४० रनको लक्ष्य

Published on

काठमाडौँ । विराटनगर किङ्ग्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा जितका लागि पोखरा एभेन्जर्सलाई एक सय ४० रनको मध्यम लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार बिहान टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३९ रन बनायो । विराटनगरका लागि स्कर्ट इडवार्डले सर्वाधिक ४५ रन बनाउनुभयो । यस्तै ओपनर लोकेश बमले २६, बसिर अहमदले अविजित २१ र निकोलश किर्तनले १९ रन बनाउनुभयो । बलिङमा पोखराका सागर ढकाल र रेमन रेफरले दुई दुई तथा कुशल भुर्तेल र दिनेश खरेलले एक एक विकेट लिनुभयो । पाँचौं खेल खेल्दै गरेका दुवै टोली आज दोस्रो जित निकाल्ने लक्ष्यमा छन् ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...