सार्वजनिक बिदा कटौती गरौँ : सांसद सिंह

Published on

काठमाडौँ । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सार्वजनिक बिदा कटौती गर्नुपर्ने बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्नुहुँदै उहाँले सार्वजनिक बिदा बढी भएका कारण सेवाग्राही नागरिकलाई समस्या भएको बताउनुभएको हो । उहाँले वर्षमा दुई महिना शनिबार मात्र पर्ने भएकाले सार्वजनिक बिदा कटौती गर्नुपर्ने बताउनुभयो । प्रदेश र स्थानीय तहहरुले आ-आफ्नै ढङ्गले बिदा दिने प्रवृत्ति बढेको जानकारी दिनुभयो । उहाँले कर्मचारीका लागि कार्यालय समयमा खाजा खानका लागि निश्चित समय छुट्याउनुपर्ने बताउनुभयो । खाजा खाने बहानामा कर्मचारीहरु लामो समयसम्म कार्यालयमा नबस्दा सेवाग्राही मारमा पर्ने गरेको उहाँले बताउनुभयो ।

उहाँले कर्मचारीले ओहोदाअनुसारको परिचय पत्र अनिवार्य रुपमा लगाउने व्यवस्था गर्नुपर्ने बताउनुभयो । बैठकमा बोल्नुहुँदै नेपाली कांग्रेसका सचेतक सुशीला थिङले सङ्घीय निजामति ऐन ल्याउँदा सांसदको व्यक्तिगत स्वार्थभन्दा राज्य र जनतालाई न्याय दिनेगरी ऐन ल्याउनुपर्ने जानकारी दिनुभयो । उहाँले राज्यलाई कुनै पनि प्रकारको हानि नहुने र जनताले सहज ढङ्गले सेवा लिने वातावरण बन्ने गरी ऐन ल्याउन जरुरी रहेको उहाँको भनाइ छ ।

‘‘कर्मचारीका विषयमा अहिलेसम्म भएका कमीकमजोरीका लागि हामीले क्षमा याचना गर्नुपर्छ । ऐन निर्माण गर्दैगर्दा सांसदको व्यक्तिगत स्वार्थभन्दा राज्य र जनतालाई न्याय दिनेगरी ऐन बनाउनुपर्छ । यस पक्षमा हामी सबैको ध्यान जान जरुरी छ ।,’’ सांसन थिङले भन्नुभयो, ‘‘हामीले ऐन निर्माणका क्रममा विशेषगरी तीन विषयमा विशेष ध्यान दिनुपर्छ । हामीले बनाएको ऐनलाई कुनै किसिमको अन्याय पनि नहोस् । राज्य गरिब पनि होस् । सेवाग्राहीले सेवा पनि सहज ढङ्गले पाओस् । यी तीन वटा विषयलाई आत्मसाथत् गर्दै हामीले कानुन निर्माण गर्न जरुरी छ ।’’

बैठकमा बोल्नुहुँदै नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले निजामती विधेयक माथिको छलफल प्रभावकारी नभइरहेको गुनासो गर्नुभयो । उहाँले संशोधनकर्ता सांसदहरुलाई गृहकार्यको लागि समय दिनुपर्ने बताउनुभयो । उहाँले बैठकमा सहभागी हुनका लागि कम्तीमा पनि एकदिन पहिले जानकारी दिए आवश्यक गृहकार्य गर्नसक्ने बताउनुभयो ।

‘‘कानुन निर्माणमा सांसदहरुले ध्यान दिएका छैनौं भनेर सांसदहरुको छवि बिग्रिएको छ । समिति बैठकमा कोरम नै पुग्दैन । म आफैँ सदस्य भएको समितिमा समेत दुई पटक कोरम नपुगेर बैठक बस्न पाएन । तयारी बिनै जाँदा गृहकार्य पुगेको हुँदैन । नजाँदा बाहिरको धारणा खराब रहेको छ । आज म समितिको बैठकमा गएर छलफलका लागि आवश्यक व्यवस्थापन भएन भनेर समिति सभापतिलाई भन्छु भन्ने निष्कर्षमा आएको हो ।,’’ सांसद सापकोटाले भन्नुभयो, ‘‘मैले कम्तीमा २४ वटा बुँदामा संशोधन प्रस्ताव दर्ता गराएको छु । एकरात त समय दिनुपर्‍यो नि । बिहान ११ बस्ने बैठकका लागि १० बजे जानकारी आउँछ । धेरै मानिसको नजरमा परेको विधेयक भएको हिसाबले छलफललाई व्यवस्थित बनाउनुपर्‍यो ।’’ बैठकमा मङ्गलबारदेखि सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सांसदहरुसँग छलफल भइरहेको छ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...