पुर्णे डाँडामा झ्याम्टे मेला

Published on

काठमाडौँ । इलामको सूर्योदय नगरपालिका–११ को पुर्णेडाँडामा लाग्दै आएको ऐतिहासिक झ्याम्टे मेला सुरु भएको छ । प्रत्येक वर्ष मङ्सिरे पूर्णिमा र बैसाखे पूर्णिमाका दिन लाग्दै आएको मेला आइतबारदेखि सुरु भएको हो ।

राई संस्कृतिसँग जोडिएको झ्याम्टे मेला पुर्णेडाँडामा खलङ्गा स्थापना भएपछि बडाहाकिम आएपछि उहाँको मनोरञ्जनका लागि मेला लाग्न थालेको थियो । बडाहाकिमलाई विभिन्न जातको संस्कृति देखाउने क्रममा राई जातिको सांस्कृतिक साकेला नृत्य प्रदर्शन गर्ने क्रममा झ्याम्टासहित सहभागी हुने राईहरूको नृत्य धेरैले मन पराएपछि झ्याम्टे मेला लाग्न सुरु भएको स्थानीय झप अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार मनोरञ्जनका कुनै साधन नभएका बेला नेपाल र छिमेकी भारतका मानिस भेला भएर मेलाको बहानामा रमाइलो गर्ने परम्परा बसेको थियो । अधिकारीले भन्नुभयो, “राई जातिको साकेलानाच, लिम्बू जातिको धाननाच नाचेर मेलाबाटै केटी तानेर लैजाने परम्परा थियो, तानेर लगेपछि आधिकारिक विवाह भएको मानिन्थ्यो ।”

झ्याम्टे मेला व्यवस्थापन समितिले अहिले मेलालाई अलि परिष्कृत गरेको छ । मेला आयोजक समितिका अध्यक्ष असेर राईका अनुसार अहिले स्थानीय खानाका परिकारका स्टलसमेत राखिएको छ । मेलामा स्थानीय कलाकारले साङ्गीतिक कार्यक्रम र साकेला नृत्यसमेत आयोजना गरिएको छ । पुर्णेडाँडामा विसं १८७२ मा सुगौली सन्धिपछिका तीन वर्षसम्म खलङ्गा रहेको थियो । उक्त समयमा सरकारका प्रशासनिक अड्डा स्थापना भएको पुर्णेडाँडामा विगत चार वर्षदेखि मेला लाग्न थालेको हो । सन् १८१६ मार्च ४ मा भएको सुगौली सन्धिले नेपालको सिमाना मेची तोकेपछि त्यस बेलाका बडाहाकिम काजी जयन्त खत्रीले सदरमुकाम करफोकको पुर्णेडाँडामा सारेको पाइन्छ । त्यसबेला तमोर नदी पूर्व लिम्बुवान करफोकबाट हेरिन्थ्यो । तमोर पश्चिमको शासन धनकुटाबाट हेर्ने गरेको थियो ।

करफोकमा करफोक खलङ्गा सामुदायिक होमस्टे सञ्चालनमा आएका छन् । होमस्टेका कारण करफोक, पुर्णेडाँडामा पर्यटकको चहलपहलसमेत बढेको छ । करफोकमा दुईदिने होमस्टे प्रवर्धन महोत्सव लगाइएको छ । महोत्सवमा स्थानीय खानाका परिकारका स्टल राखिएको थियो । अर्गानिक खानेकुरा प्रवर्धन गर्न पर्यटन कार्यालय काँकडभिट्टा र सूर्योदय नगरपालिकाले सहयोग गरेको होमस्टे व्यवसायी चन्द्र सापकोटाले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...