शिक्षण पेशा छोडेर कृषिमा रमाउँदै गौली

Published on

काठमाडौँ । शिक्षण पेशा छोडेर तनहुँकी एक महिला कृषिमा रमाउनुभएको छ । व्यास नगरपालिका–२ कालिका मार्ग निवासी कल्पना गौलीले कृषि पेशाबाट नाम र दाम दुबै कमाउनुभएको हो । गौलीले कृषि पेशाबाट वार्षिक रुपमा २० लाख रुपियाँ आम्दानी गर्दै आउनुभएको छ । गौली २०४५ साल देखि २०६१ साल सम्म १६ वर्ष शिक्षण पेशामा लाग्नु भएको थियो । प्राविदेखि मावि तहसम्म अङ्ग्रेजी विषयमा अध्यापन गराउनुभएको गौलीले व्यास नगरपालिका–५ ढोडेनीमा सिउँडी फल (ड्रागन फ्रुट) को व्यवसायिक खेती गर्नु भएको छ ।

प्रकृति र माटोलाई पुज्दै, यही क्षेत्रलाई साधना केन्द्रको रुपमा स्थापित गराउन कृषि पेशामा लागेको गौलीको भनाइ छ । वार्षिक रु. २० हजार बुझाउने गरी नौ रोपनी जग्गा २० वर्षका लागि भाडामा लिएर व्यवसाय थालेको गौलीले जानकारी दिनुभयो ।

विसं २०७९ वैशाख १८ गते ‘माँ अम्बे अलौकिक कृषि फार्म’ मा ड्रागनका बिरुवा रोपेर शुरुवात गर्नु भएको थियो । उहाँले गत वर्षमा रु. १२ लाखभन्दा बढीको ड्रागन फ्रुट बिक्री गर्नु भएको थियो । प्रतिकिलो पाँच सय देखि छ सय रुपियाँ सम्म ड्रागन फ्रुट बिक्री गर्दै आएको गौलीले बताउनुभयो ।

गौलीले दुई वर्ष अघि भारतको हैदराबादबाट दुई हजार एक सय वटा ड्रागन फ्रुटका बिरुवा ल्याएर फार्ममा पाँच सय पोल निर्माण गरी एउटा पोलमा चार वटाका दरले ड्रागन बिरुवा लगाउनु भएको छ । करिब डेढ करोड रुपियाँ लगानी गरेको गौलीले जानकारी दिनुभयो । फार्ममा ड्रागन फ्रुटका साथै मौसम अनुसार तरकारीहरु कुरिलो, गिठा, भ्याकुर, पिँडालु, अदुवा, कुभिण्डो, सिस्ने लगायतको खेती गर्नु भएको छ । यस वर्ष ड्रागन फल १६ लाख र बिरुवा चार लाख गरी २० लाखको बिक्री गरेको गौलीले बताउनुभयो ।

प्रति बिरुवा एक सयदेखि तीन सय रुपियाँसम्म बिरुवा बिक्री गरेको उहाँले बताउनुभयो । गौली घरेलु तथा साना उद्योग महासङ्घ महिला उद्यमी समिति तनहुँको अध्यक्ष हुनुहुन्छ । गौलीले भन्नुभयो,”यदी धैर्यता पूर्वक कृषि कर्मलाई पूजाको रुप दिई व्यवसाय गरिन्छ भने नेपालमै पनि मनग्य आम्दानी गर्न सकिन्छ ।” गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...