दुई नदीको मिलन बिन्दु जिते सुनसान

Published on

काठमाडौँ । कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका र नरहरीनाथ गाउँपालिकाका सिमा क्षेत्र जिते बजार अहिले पुरै खाली छ । कुनै समय हाट बजारले निकै चलहपहल भइरहने बजार अनि कर्णाली नदी र तिला नदीको मिलन केन्द्र रहेको जिते क्षेत्र अहिले भने सुनसान छ । वर्षातको समय सकिएको र हिउँदको सिजन भएकाले दुवै नदीमा पानीको बहाफ घटेको छ । बगरमा देखिने चिप्ला ढुङगा आआफ्नै किनारबाट बगिरहेका दुई नदी पश्चिम क्षेत्रबाट कर्णाली र पूर्व क्षेत्रवाट बग्ने तिलानदीको मिलन बिस्तारै भइरहेको छ ।

पलाँता गाउँपालिका ९ का स्थानीय पुर्णवहादुर बमले जितेमा दुई नदी बिचको मिलन बिन्दु सारै रहर लाग्दो भएको बताउनुहुन्छ । बमले ठुला कर्णालीले सानो तिला माथि कुनै हस्तक्षेप गरेको छैन । दुई किनारमा दुई नदी आफ्नै गतीमा बगेर तलसम्म आआफ्नो क्षेत्र ओगटेका छन् भने अलि तल पुगेपछि समायोजन भएका छन्, बमले भन्नुभयो । तिला नदीको मिलन क्षेत्र ओरालो भएकाले कर्णालीमा सबैसँगै मिसिन्छ । वर्षातको समयमा झन् ताल परेर बग्ने गरेका छन् ।

दुई नदीको मिलन बिन्दुको माथि तिर शिव मन्दीर निमार्ण गरिएको छ । तिला र कर्णाली नदीमा छुट्टा छुट्टै बनेका दुई झोलङगे पुल पनि यहाँको स्वभा बढाइरहेको छ । कर्णाली घुम्न आउने जुनसुकै पर्यटकले यहाँ दुई नदीको मिलन र अग्ला पहाडको फोटा कैद गर्ने गरेका छन् । स्थानीय प्रेमवहादुर मल्लले यहाँको पहाड, तल बग्ने नदी उता पटी कर्णाली राजमार्ग, कर्णाली करिडोर लगाएतले जितेको यो क्षेत्रलाई हेर्न लायक बनाएको सुनाउनुभयो । बजार हटेपनि दुई नदीको मिलन बिन्दुका कारणले मान्छेको चहलपहल भइरहेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...