शान्ति सुरक्षा लाेकतन्त्रकाे पहिलो सर्त हाे : गृहमन्त्री लेखक

Published on

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षा लाेकतन्त्रकाे पहिलो सर्त भएकाे बताउनु भएकाे छ । मंगलबार रुपन्देहीकाे भैरहवामा आयाेजित लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गाेष्ठीकाे उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएकाे हाे । “लाेकतन्त्रकाे पहिलो सर्त शान्ति सुरक्षा हाे । हामीले शान्ति सुरक्षा दिन सक्यौं भने नागरिकले निर्वाध रुपमा आफ्ना माैलिक हककाे उपयोग गर्नुहुन्छ । संघीय लाेकतन्त्रिक व्यवस्थाले शान्ति सुरक्षा , सुशासन र विकासकाे ग्यारेन्टी हुन्छ,” गृहमन्त्री लेखकले भन्नुभयो ।

लुम्बिनी प्रदेशकाे विशेष महत्त्व रहेको उहाँको भनाइ छ । “हाम्रो धार्मिक, सांस्कृतिक मात्र हाेइन विश्व शान्तिकाे जाेति छर्ने ठाँउ हाे” उहाँले भन्नुभयाे । गाेष्ठीहरु औपचारिकतामा सीमित हुने गरेको भन्दै गाेष्ठी उपलब्धिमुलक र प्रभावकारी हुनुहुनुपर्ने गृहमन्त्री लेखकले बताउनु भयाे । यस्तै वर्तमानमा संविधानलाई असफल हुन दिने छुट नभएको भन्दै संविधानकाे सुरक्षा, संविधानले प्रदान गरेकाे नागरिकका हकअधिकार र संविधानकाे कार्यान्वयन हाम्रो जिम्मेवारी भएकाे उहाँले बताउनु भयाे ।
“हाम्रो संविधानमा नागरिकका ३२ वटा माैलिक हक छन् । त्यसकाे प्रत्याभूत गराउने काम हाम्रो हाे । यसका लागि शान्ति सुरक्षाकाे कुरा आउँछ” गृहमन्त्री लेखकले भन्नुभयो ।

लुम्बिनी प्रदेशमा राजश्व चुहावट भइरहेको सुन्नमा आएको भन्दै गृहमन्त्री लेखकले सिमानामा हुने तस्करी तुरुन्त राेक्नु निर्देशन दिनुभयो । “सीमापार अपराधकाे नियन्त्रण हुनुपर्याे । याे परिणाम देखिने गरि काम हुनुपर्छ,” उहाँले भन्नुभयो, “लागू औषधकाे नियन्त्रण, आत्महत्या र सडक दुर्घटना न्युनीकरण गर्नु हाेला ।” साइबर अपराध र वित्तीय अवरुद्ध बढेको भन्दै नागरिकलाई सुरक्षित छु भन्ने अनुभूति हुनुपर्ने गृहमन्त्री लेखकले बताउनुभयो । यस्तै फरक प्रसङ्गमा कांग्रेस र एमाले मिलेर नयाँ समीकरण बनेकाे भन्दै याे समीकरण सुशासन, विकास र समृद्धि दिनका लागि बनेकाे बताउनुभयो । “सरकार बन्ने बितिक्कै सरकार ढल्छ भन्ने र मन्त्री बन्ने वित्तिकै मन्त्री हट्छन भन्ने हल्ला चलाइन्छ । याे समीकरण ८४ सालसम्मै जान्छ,” उहाँले भन्नुभयाे ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...