शान्ति सुरक्षा लाेकतन्त्रकाे पहिलो सर्त हाे : गृहमन्त्री लेखक

Published on

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षा लाेकतन्त्रकाे पहिलो सर्त भएकाे बताउनु भएकाे छ । मंगलबार रुपन्देहीकाे भैरहवामा आयाेजित लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गाेष्ठीकाे उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएकाे हाे । “लाेकतन्त्रकाे पहिलो सर्त शान्ति सुरक्षा हाे । हामीले शान्ति सुरक्षा दिन सक्यौं भने नागरिकले निर्वाध रुपमा आफ्ना माैलिक हककाे उपयोग गर्नुहुन्छ । संघीय लाेकतन्त्रिक व्यवस्थाले शान्ति सुरक्षा , सुशासन र विकासकाे ग्यारेन्टी हुन्छ,” गृहमन्त्री लेखकले भन्नुभयो ।

लुम्बिनी प्रदेशकाे विशेष महत्त्व रहेको उहाँको भनाइ छ । “हाम्रो धार्मिक, सांस्कृतिक मात्र हाेइन विश्व शान्तिकाे जाेति छर्ने ठाँउ हाे” उहाँले भन्नुभयाे । गाेष्ठीहरु औपचारिकतामा सीमित हुने गरेको भन्दै गाेष्ठी उपलब्धिमुलक र प्रभावकारी हुनुहुनुपर्ने गृहमन्त्री लेखकले बताउनु भयाे । यस्तै वर्तमानमा संविधानलाई असफल हुन दिने छुट नभएको भन्दै संविधानकाे सुरक्षा, संविधानले प्रदान गरेकाे नागरिकका हकअधिकार र संविधानकाे कार्यान्वयन हाम्रो जिम्मेवारी भएकाे उहाँले बताउनु भयाे ।
“हाम्रो संविधानमा नागरिकका ३२ वटा माैलिक हक छन् । त्यसकाे प्रत्याभूत गराउने काम हाम्रो हाे । यसका लागि शान्ति सुरक्षाकाे कुरा आउँछ” गृहमन्त्री लेखकले भन्नुभयो ।

लुम्बिनी प्रदेशमा राजश्व चुहावट भइरहेको सुन्नमा आएको भन्दै गृहमन्त्री लेखकले सिमानामा हुने तस्करी तुरुन्त राेक्नु निर्देशन दिनुभयो । “सीमापार अपराधकाे नियन्त्रण हुनुपर्याे । याे परिणाम देखिने गरि काम हुनुपर्छ,” उहाँले भन्नुभयो, “लागू औषधकाे नियन्त्रण, आत्महत्या र सडक दुर्घटना न्युनीकरण गर्नु हाेला ।” साइबर अपराध र वित्तीय अवरुद्ध बढेको भन्दै नागरिकलाई सुरक्षित छु भन्ने अनुभूति हुनुपर्ने गृहमन्त्री लेखकले बताउनुभयो । यस्तै फरक प्रसङ्गमा कांग्रेस र एमाले मिलेर नयाँ समीकरण बनेकाे भन्दै याे समीकरण सुशासन, विकास र समृद्धि दिनका लागि बनेकाे बताउनुभयो । “सरकार बन्ने बितिक्कै सरकार ढल्छ भन्ने र मन्त्री बन्ने वित्तिकै मन्त्री हट्छन भन्ने हल्ला चलाइन्छ । याे समीकरण ८४ सालसम्मै जान्छ,” उहाँले भन्नुभयाे ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...