स्थानीय उत्पादनलाई प्राथमिकता

Published on

काठमाडौँ । पाल्पा, तानसेन नगरपालिका-४ ले तानसेनका महिलाहरुलाई व्यावसायिक बनाउने अभियान चलाएको छ । वडा नं ४ ले महिलाहरुलाई विभिन्न किसिमका सिपमूलक तालिम दिएर महिलालाई आत्मनिर्भर बनाउँदै आर्थिक विकासमा सहयोग पुर्‍याउने लक्ष्य लिएको वडा अध्यक्ष हेमन्तराज शाक्यले बताउनुभयो ।

तानसेन नगरपालिका–४ का महिलाहरुले स्थानीय उत्पादन प्रयोग गरेर जुस, जाम, जेली र मिक्स जाम बनाउने सिप सिकेका छन् । १२ वटा टोलविकास संस्थाका ३० जना महिलाले स्थानीय उत्पादन, सुन्तला, मौसम, बेलाउती, स्याउको प्रयोग गरेर स्थानीय रुपमा जेली, जाम र जुस बनाउने तालिम लिए । वडा नं ४ को आर्थिक सहयोग, मखनटोल टोल विकास संस्थाको आयोजनामा ४ दिने जुस बनाउने तालिम दिएको मखनटोल विकास संस्थाका अध्यक्ष ज्ञानु कार्कीले बताउनुभयो ।

तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले तानसेनका महिलाले जुस जाम बनाउँदा स्थानीय उत्पादनको प्रयोग हुने र कृषकको आयआर्जनमा वृद्धि हुने बताउनुभयो । श्रेष्ठले महिलाले आयआर्जन गरेपछि घरमा पनि सहज हुने बताउँदै गुणस्तरीय जुस, जाम, जेली बनाउनमा लाग्नुपर्ने, उत्पादन गरेर एउटा उद्योगको रुपमा दर्ता गर्न आग्रह गर्दै आवश्यक पर्ने सरससमान र बजारीकरणमा नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।

नगर प्रवक्ता यादवसिंह कार्कीले तालिमलाई व्यावहारिक रुपमा प्रयोगमा ल्याउन नगरपालिकाबाट संस्थाले खोजेको सहयोग प्रदान गर्न सकिने बताउनुभयो । महिला लक्षित बजेटबाट महिलाको आयआर्जनमा वृद्धि गर्न, उत्पादनशील कार्यमा महिलालाई लगाउन यो कार्यक्रम गरिएको वडा कार्यालयले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...