पूर्वाधार निर्माणले फेरिएको मधुगङ्गा

Published on

काठमाडौँ । धनकुटा नगरपालिका २ मा रहेको मधुगङ्गामा पूर्वाधार निर्माणपछि सो क्षेत्रको स्वरुप नै फेरिएको छ । लामो समयसम्म बेवास्तामा परेको यो स्थल अहिले भने निक्कै आकर्षक बनेको छ ।

पूर्वाधार निर्माण अघिसम्म मन्दिरमा जानै जोखिम रहेकोमा अहिले निक्कै सहज भएको छ । धाममा शिव मन्दिर, ढुङ्गेधारा, व्यापारिक भवन, सडक, शौचालय, सिंढी, पुजारी घर, पुल, गेट, पोखरी आदि संरचना निर्माण गरिएको छ । धार्मिक तथा पर्यटकिय रुपमा विकास गर्न मन्दिरमा पूर्वाधार निर्माणको काम गरीएको धनकुटा नगरपालिका २ का वडाध्यक्ष चन्द्रलाल तामाङ बताउनुहुन्छ । “यहाँ सम्भावना धेरै थियो तर पूर्वाधार अभावका कारण धेरै समस्या थियो तर अहिले आकर्षकसँगै सहज पनि भएको छ,” वडाध्यक्ष तामाङ भन्नुहुन्छ ।

यो धाममा ६० फिट अग्लो झरनाको सँगै करिब ६० फिट लामो प्राकृतिक गुफा छ । पौराणिक कालमा मधु र गङ्गा दुई जना आएर महादेवको खोजी गरेपछि प्रकट भएको इतिहास पाइन्छ । गुफाभित्रको पथ्थरमा शिवलिङ्गको आकृति देख्न सकिन्छ । खोलामा रहेको सो स्थानमा सहजताका लागि वडा र नगरपालिकाले १० लाखको डिपिआर तयार गरेको थियो । सोही डिपिआर अनुसार पूर्वाधार निर्माणका लागि करिब ६ करोड रुपियाँ बजेट विनियोजन भएपनि थेगिम सिंह जेबीले ३ करोड ७० लाखमा पूर्वाधार निर्माणको ठेक्का पाएको थियो ।

पूर्वाधार निर्माण अघिसम्म निक्कै जोखिमपूर्ण अवस्थामा रहेको यो स्थान पूर्वाधार निर्माणपछि सहज भएको स्थानीयको भनाइ छ । पहिलेपहिले यो स्थानमा जान निक्कै असहज हुने गरेकोमा अहिले धेरै सहज भएको स्थानीय युवराज दर्नाल बताउनुहु्न्छ ।

ऐतिहासिक धाममा हरेक वर्ष मङ्सिरे पूर्णिमामा ५ दिन मेला लाग्ने गर्दछ भने साउन महिना र माघेसङ्क्रान्तिमा पनि भक्तजनको घुँइचो हुने गरेको छ । यहाँ दर्शन गरे मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । त्यस्तै विभिन्न भाकल गरी भाकल छिन्ने गरिएको छ । धनकुटा सदरमुकामवाट करिब १२ किलोमिटर पूर्वमा तथा हिलेबाट करिब नौ किलोमिटरको दूरीमा छ । हिलेबाट आउने सडक कालोपत्र गर्न थालिएपछि यो क्षेत्रका स्थानीय थप उत्साहित भएको स्थानीय डम्बर राई बताउनुहुन्छ । “अहिले पूर्वाधार निर्माण भयो त्यस्तै मन्दिरसम्म आउने सडक पिच हुने क्रममा छ अब यो स्थान धार्मिक रुपमा मात्र नभई पर्यटकीय रुपमा समेत एक गन्तव्य बन्नेछ,” राईले भन्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...