किसानलाई अनुदानमा गहुँको बिउँ

Published on

काठमाडौँ । बर्दीबास नगरपालिकाले स्थानीय कृषकलाई सहुलियत दरमा गहुँको बिउँ वितरण गरेको छ । नगरपालिकाको ५० प्रतिशत अनुदानमा १४ वटै वडाका ४२५ जना कृषकलाई बिउँ वितरण गरिएको हो । अहिले प्रति किसान २० केजीदेखि बढीमा ८० केजीसम्म बिउँ वितरण गरेको छ । वितरण गरिएका वीउमा १३ हजार ५०० किलो गौतम र छ हजार ५०० किलो विजय प्रजातीको गहुँ छ । नगरपालिकाका कृषि विकास शाखा प्रमुख साजन दहालका अनुसार गहुँको बिउँको सरकारी रेट प्रति किलो ८५ रुपियाँ छ । नगरपालिकाले भने अनुदानमा ४२ रुपियाँ २५ पैसा प्रति किलोको सहुलियतमा वितरण गरेको छ ।

अहिलेसम्म ३६५ जना किसानले अठार हजार ८०० किलो गहुँको बिउँ लगिसकेका छन् । बाकी रहेको एक हजार २०० किलो बीउ पनि धमाधम वितरण भइरहेको दाहालले जनाउनुभयो । बर्दीबास नगरप्रमुख प्रहलाद क्षेत्रीले कृषि क्षेत्रको विकास र नगर क्षेत्रका किसानको सहयोग र सुविधाका लागि वीउ खरिद गर्न नगरपालिकाले ८ लाख ५० हजार निकासा दिएको जनाउनुभयो । छिमेकी जिल्ला धनुषास्थित हरीयाली वीज भण्डारबाट खरिद गरिएका गहुँको बिउँ किसानको सुविधाका लागि किसान एग्रो ट्रेडर्स र नगरपालिकाको कृषि विकास शाखाले वितरण गरिरहेको छ ।

कृषि ज्ञान केन्द्र महोत्तरीकाअनुसार बर्दीबासमा नौ हजार ५६५ हेक्टर खेती योग्य जमिनमध्ये दुई हजार ३१५ हेक्टर क्षेत्रफलमा गहुँ खेती हुँदै आएको छ । गत वर्ष (०८०/८१) मा बर्दीबासमा सात हजार ८७१ मेट्रिक टन गहुँ उत्पादन भएको थियो । बर्दीबास महोत्तरी जिल्लाकै सर्वाधिक गहु उत्पादन गर्ने स्थानीय तह पनि हो । ४३ प्रतिशतभन्दा बढी भूभागमा सिचाई सुविधा पुगको बर्दीबासमा गहुँको उत्पादन प्रति हेक्टर ३.४ मेट्रिक टन रहेको कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख मनिष पालले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...