एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दै

Published on

काठमाडौँ । जिल्लामा अहिले एचआईभी सङ्क्रमित भएका व्यक्तिको सङ्ख्या १३० पुगेको छ । सङ्क्रमित सबैले जिल्ला अस्पतालको एआरटी सेन्टरबाट नियमित औषधी खाने गरेका छन् । उनीहरूलाई जिल्ला अस्पताल बिजुवारमा रहेको एआरटी सेन्टरबाट परामर्शका साथै एआरटी औषधी उपलब्ध गराइने गरिएको एआरटी काउन्सिलर मेनुका केसीले बताउनुभयो । उहाँका अनुसार रोजगारीका लागि भारत जाने सङ्क्रमित व्यक्तिले छ महिनाका लागि पुग्ने गरी औषधी लैजाने गरेका छन् । टाढाका सङ्क्रमितले दुई महिना र नजिकका सङ्क्रमितले एक महिनाका लागि औषधी लैजाने गरेको उहाँले बताउनुभयो ।

जिल्लाभर अहिले घर घरमै पुगेर एचआइभी परीक्षण गर्ने गरिएको छ । एचआइभी तथा क्षयरोग रोकथाम कार्यक्रम अन्तर्गत घरमै पुगेर निःशुल्क रूपमा एचआईभी परीक्षण गर्ने गरिएको हो । एचआइभी सङ्क्रमणको सम्भावित जोखिममा रहेका भारतमा रोजगारीका लागि जाने व्यक्ति र तिनको परिवारलाई लक्षित गरी सेभ दी चिल्ड्रेनरग्लोबल फन्डको सहयोगमा मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रले यो अभियान चलाइरहेको छ ।

घरमा पुगेर परीक्षण गरिनुका साथै घुम्ती शिविरमार्फत समेत सेवा प्रवाह गर्ने संस्थाले जनाएको छ । त्यसका लागि स्थानीय तहका स्वास्थ्य शाखासँग समन्वय गरी शिविर गर्ने गरिएको संस्थाका कार्यकारी प्रमुख विजयकुमार श्रेष्ठले जानकारी दिनुभयो । त्यसै गरी एचआइभी सङ्क्रमितको साझा संस्था प्युठान प्लसले सङ्क्रमितको हेरचाहमा सहयोग गर्दै आएको छ । एचआइभी तथा एड्स महासङ्घसँगको साझेदारीमा केयर एन्ड सपोर्ट कार्यक्रम सञ्चालन गर्दै आएको कार्यक्रम तथा वित्त अधिकृत तपेन्द्र विकले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...