मधुवनका किसान बेसार खेतीतर्फ आकर्षित

Published on

काठमाडौँ । बर्दिया राष्ट्रिय निकुञ्जका वन्यजन्तुले परम्परागत बालीलाई क्षति पुर्‍याउन थालेपछि बर्दिया मधुवनका किसानहरू वैकल्पिक खेतीको रुपमा बेसार खेतीतर्फ आकर्षित भइरहेका छन् ।

पहिले धान, मकै, गहुँ र तोरीजस्ता परम्परागत बाली लगाउँदै आउनुभएका मधुवन नगरपालिका–१ कैलासीका किसान नयाँराम सुनारले विगत चार वर्षदेखि बेसार खेती गर्न थाल्नुभएको छ । धान, मकै, गहुँ र तोरीजस्ता बाली भित्र्याउने बेलामा वन्यजन्तुले ठुलो क्षति पुर्याउने गरेकोले वैकल्पिक खेतीतर्फ लाग्नुपरेको सुनारले बताउनुभयो । पहिले एक क्विन्टल अन्नबाली भित्र्याउनसमेत गाह्रो हुने गरेको सुनाउँदै उहाँले हात्ती, गैँडाजस्ता वन्यजन्तुले खेतमा पस्दा अन्नबाली पूरै नष्ट गरिदिने गरेको बताउनुभयो ।

तर बेसार वन्यजन्तुले नखाने भएकाले अहिले क्षति पनि नभएको र राम्रो आम्दानीसमेत हुन थालेको सुनारको भनाइ छ । उहाँका अनुसार हात्ती र गैँडाजस्ता जनावरले खेत कुल्चिए पनि बेसार नोक्सान हुँदैन ।

मधुवनकै अर्का किसान नरेश चौधरी पनि अहिले बेसार खेतीमा रमाइरहनुभएको छ । वन्यजन्तुको डर बिना खेती गर्न पाउँदा धेरै सजिलो भएको जनाउँदै उहाँले बेसारबाट राम्रै आम्दानी गर्न सकिएको बताउनुभयो । खेतीमा लाग्ने खर्च पनि कम हुँदा परम्परागत अन्नबालीले भन्दा बेसारले बढी आर्थिक फाइदा दिन थालेको चौधरीको भनाइ छ ।

बर्दियामा प्रत्येक वर्ष निकुञ्जका वन्यजन्तुबाट अन्नबालीमा ठूलो क्षति हुने गरेको छ । बेसार, कागती र अन्य जडीबुटी खेतीले वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । यी बालीहरूले किसानको आर्थिक अवस्था सुधार्नुका साथै खेतीप्रति थप रुचि जगाएको पाइएको छ ।

बेसार खेतीले पारिवारिक आम्दानीमा ठूलो सुधार ल्याएको किसानहरुको भनाइ छ । बेसार खेतीबाट प्रत्येक वर्ष एक देखि दुई लाख रुपियाँसम्म आम्दानी भइरहेकोले यसले घर खर्चदेखि बालबालिकाको पढाइसम्म सहज बनाएको मधुवन १ का अर्का किसान सुनीता सुनारले बताउनुयो ।

किसानहरूलाई प्राविधिक ज्ञान, आवश्यक उपकरण र बजारसम्मको पहुँच उपलब्ध गराउन सकेमा वन्यजन्तुबाट हुने अन्नबाली क्षति न्यून गर्न सकिने मात्र नभई ग्रामीण क्षेत्रका कृषकहरूलाई आर्थिक रूपमा सुदृढ बनाउन सकिने उहाँको भनाइ छ । वन्यजन्तु र मानवबीचको द्वन्द्व कम गर्न र वातावरणमैत्री खेतीको प्रवर्धन गर्न, बेसार र कागती जस्ता बालीहरू भविष्यका लागि उत्कृष्ट समाधान बन्न सक्ने कृषि विज्ञहरूले विश्वास छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...