धरानमा सङ्गीत जात्रा हुने

Published on

काठमाडौँ । धरान उपमहानगरपालिकामा सङ्गीत जात्रा २०८१ हुने भएको छ । “गीत, सङ्गीत र मनोरञ्जन, धरानको समृद्धिका लागि पर्यटन प्रवर्द्धन’ भन्ने मूल नाराका साथ हुने जात्रामा मौलिक र जातीय भेषभूषासहितको सांस्कृतिक प्रदर्शनी र जातीय परिकारसहितको अर्ग्यानिक खाद्यान्न महोत्सव हुने पत्रकार सम्मेलनमा आयोजकले जनाएको छ ।

महोत्सव धरान १५ स्थित पर्यटकीय स्थल बगरकोटमा यही पुस ७ गतेदेखि १७ गतेसम्म धरान सङ्गीत जात्रा सांस्कृतिक महोत्सव आयोजना हुने आयोजकले जनाएको छ ।नेचर क्लब धरान, निशान त्रिभ्याली विकास संस्था धरान १५ को आयोजना र सह आयोजक त्रिवेणी महिला समूह धरान १५ रहेको महोत्सवको संयोजक तथा सल्लाहकार दीपचन्द्र राईले बताउनुभयो ।

महोत्सवमा ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने उहाँले बताउनुभयो । मौलिक र जातीय भेषभूषासहितको सांस्कृतिक कार्यक्रम, नृत्य प्रस्तुति, जातीय परिकारसहितको अर्ग्यानिक खाद्यान्नलगायत महोत्सवमा स्थानीय उत्पादनहरूलाई प्राथमिकता दिइने संयोजक राईले बताउनुभयो । महोत्सवमा ५० वटा स्टल रहने उहाँले बताउनुभयो ।

महोत्सवलाई आकर्षक र मनोरञ्जनात्मक बनाउन बच्चाहरूदेखि सबै उमेर समूहका नागरिक रमाउन सक्ने खेलको व्यवस्था रहेको आयोजकले जनाएको छ । महोत्सवको पहिलो दिनदेखि पूरै अवधिभर राष्ट्रिय कलाकारहरूलाई प्रस्तुत गरिने संयोजक राईले बताउनुभयो । सदाबहार रुचाइएका कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

अनुमानित ८० लाख लागत रहने महोत्सवमा प्रवेशका लागि दिउँसोको समय निःशुल्क रहनेछ । अपराह्न ४ बजेपछि कलाकारहरूको प्रस्तुतिलाई दृष्टिगत गर्दै प्रवेश शुल्क निर्धारण गरिने आयोजकले जनाएको छ । गीत, सङ्गीतको माध्यमबाट मनोरञ्जन प्रदान गर्ने र धरानमा आगन्तुकहरू भित्र्याउँदै, धरानको समृद्धिमा योगदान पुऱ्याउने उद्देश्यले आयोजना गरिएको धरान १५ का वडाध्यक्ष नरेश ईवारमले बताउनुभयो ।

यस महोत्सवबाट बचेको रकम सामाजिक काममा सदुपयोग गरिने उद्देश्यका साथ आयोजना गरिएको उहाँले बताउनुभयो । महोत्सवमा कानुन विपरीतको कुनै पनि काम नगर्ने संयोजक राईले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...