मानव-वन्यजन्तु द्वन्द्व समाधान गर्छाैँ

Published on

काठमाडाैँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा देखिएको मानव–वन्यजन्तु द्वन्द्वको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

 प्रदेशको पर्यटन विकासका लागि प्रदेश सरकारद्वारा आयोजना गरिएको ‘घुम्न जाउँ बर्दिया’ अभियानको बिहिबार शुभारम्भ गर्न बर्दियाको ठाकुरबाबा नगरपालिका पुगेका मुख्यमन्त्री आचार्यसँग स्थानीय बासिन्दाले गुनासो गरेपछि उहाँले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । 

बर्दिया राष्ट्रिय निकुञ्ज मुख्यालय क्षेत्रको अवलोकन गरेर उहाँले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकाल र बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. अशोककुमार रामलगायत सम्बद्ध पक्षसँग छलफल गर्नुभएको मुख्यमन्त्रीका स्वकीय सचिव कुशल भुसालले जानकारी दिनुभयो ।

“मानव–वन्यजन्तुको द्वन्द्व कम गर्ने विकल्प र भावी योजनाबारे विस्तृत छलफल भएको छ,” स्वकीय सचिव भुसालले भन्नुभयो, “मध्यवर्ती क्षेत्रमा बसोबास गर्दै आएका जनताको दैनिक कामकाजदेखि उहाँहरूको जीविकोपार्जनबारे छलफल भएको छ । प्रदेश सरकारले सञ्चालन गर्दै आएको कार्यक्रमबारे समेत जानकारी गराइएको छ ।”

लुम्बिनी प्रदेश सरकारले मानव–वन्यजन्तु द्वन्द्व घटाउन वन्यजन्तुको सुरक्षित बासस्थान, आहारा प्रजातिको व्यवस्थापन, पानीको मुहान तथा सिमसार संरक्षण, वनभित्र संरक्षण पोखरी निर्माणलगायतका योजनाका काम गर्दै आएकाले सो समस्या समाधान गर्ने मुख्यमन्त्री आचार्यले प्रतिबद्धता जनाउनुभयो । 

सोबारे बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. अशोककुमार रामले मानव–वन्यजन्तु द्वन्द्व समस्या समाधानका लागि तत्काल पहल गरिने प्रतिबद्धता जनाएको बताउनुभयो । गत आर्थिक वर्ष २०८०/८१ मा बर्दिया जिल्लामा मात्र मानव–वन्यजन्तु द्वन्द्वका कारण चार महिला र एक बालक गरी पाँच जनाको मृत्यु भएको निकुञ्जले जनाएको छ । 

यसैगरी सोही अवधिमा २१७ भेडाबाख्रा, ३१ गाईभैँसी, ४५ बङ्गुर, १८१ वटा हाँस र कुखुराको मृत्यु भएको थियो भने स्याल, चितुवा, वन बिरालो, नीलगाई, अजिङ्गर, बँदेल, बाँदर गरी ४१ वटा वन्यजन्तु मरेका थिए । सोही अवधिमा १४ वटा चितुवा र मृगसमेत घाइते भएका थिए ।   

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...