भानु जन्मस्थललाई साहित्यिक तिर्थस्थल बनाउन पहल

Published on

काठमाडौँ । नेपाली भाषाका आदिकवि तथा राष्ट्रिय विभूति भानुभक्तको आचार्यको जन्मथलोलाई साहित्यिक र सांस्कृतिक गन्तव्यका रुपमा विकास गर्न महोत्सव हुने भएको छ । भानु नगर उद्योग वाणिज्य सङ्घको आयोजनामा प्रथम भानु नगर महोत्सव हुने भएको हो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गरी साहित्यिक धाम बनाउने मुख्य उद्धेश्यले गरिने महोत्सव भानु नगरपालिका–१ भन्सारमा पुस ९ गतेदेखि २१ गते सम्म सञ्चालन हुनेछ । भानुको जन्मस्थल ओझेलमा परेकाले प्रचार प्रचार गर्न महोत्सव गर्ने निर्णय गरिएको र तयारी पुरा भएको भानु नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवम् महोत्सव मूल समारोह समिति संयोजक कृष्णकुमार श्रेष्ले जानकारी दिनुभयो । श्रेष्ठले भन्नुभयो, “सिङ्गो नेपाललाई भाषाको माध्यमबाट जोड्ने आदिकवि भानुभक्त आचार्यको जन्मथलो ओझेलमा परेपछि यसलाई साहित्यिक पर्यटनको गन्तव्यस्थल बनाउन टेवा पुर्‍याउन महोत्सव गर्ने निर्णय गरेका हौं ।”

महोत्सवमा एक लाख बढी पर्यटकको आवागमन हुनुका साथै रु.६४ लाखको आर्थिक कारोवार हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ । महोत्सव सफल बनाउनका लागि मूल समारोह समितिसहित ३९ वटा कार्यगत समिति गठन गरिएको आयोजक समितिका महासचिव कृष्णचन्द्र कोइरालाले जानकारी दिनुभयो । महोत्सवमा भानु जन्मस्थल चुँदीरम्घा र यस आसपासको अवलोकन भ्रमण, औद्योगिक प्रदर्शनी तथा खरीद बिक्री, सुन्तला,मास,एवं अदुवा,ताजा तरकारी बिक्री तथा प्रदर्शनी, रमाइलो मेला,चर्चित कलाकार बीचको दोहोरी गीत प्रतियोगिता,आदिवासी जनजातिय भेषभूषा,झाँकी तथा संस्कृति भल्किने कार्यक्रम गरिने कोइरालाले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...