चाडपर्वले आपसी सद्भाव, सहिष्णुता र एकतालाई सुदृढ गर्ने

Published on

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले इसाई धर्मावलम्बीको महत्त्वपूर्ण पर्व क्रिसमसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै यो पर्वले आपसी सद्भाव, सहिष्णुता र एकतालाई सुदृढ गर्न सहयोग पुग्ने बताउनुभएको छ ।

अध्यक्ष नेपालले विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव र धार्मिक सहिष्णुता कायम राख्ने विश्वास व्यक्त गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्णमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आपसी सद्भाव, एकता, भ्रातृत्व एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

सन्देशमा उहाँले बहुधार्मिक, बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण मुलुकमा फरक धर्म, संस्कृति, परम्पराले अनेकतामा एकता, एकापसमा सहिष्णुता, सद्भाव र राष्ट्रिय एकतालाई बलियो बनाउने उल्लेख गर्नुभएको छ । रासस

ताजा समाचार

चरा संरक्षण र बासस्थान व्यवस्थापनको जरुरी

काठमाडौँ । कञ्चनपुरको बेलौरी नगरपालिका–६ मा रहेको पुरैनी तालमा चराको संरक्षण र तिनको बासस्थान...

संविधान र कानुन बमोजिम नागरिकता प्राप्तिमा सहजता बनाउछौँ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान र कानुन बमोजिम नागरिकता प्राप्तिमा सहजता बनाइने बताउनुभएको...

पूर्वराष्ट्रपति भण्डारीद्वारा शोक व्यक्त

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधनमा गहिरो शोक व्यक्त...

निःशुल्क रगत उपलब्ध गराउन सम्झौता

काठमाडौँ । गुल्मीको एक स्थानीय तहले नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउन सम्झौता गरेको छ...