ट्रान्सफर्मर चोरी घटना वृद्धि

Published on

काठमाडौँ । कलैया उपमहानगरपालिका–१७, सुराही टोलका एक वडा सदस्य दम्पतीलाई बन्दुक देखाएर चोरको समूहले गाउँको ट्रान्सफर्मर चोरी गरेका छन् । वडा सदस्य लक्ष्मी राउत कुर्मीलाई चार जनाको समूहमा रहेका चोरले बन्दुक तेर्साएर उहाँकै अगाडि विद्युत् ट्रान्सफर्मर चोरी गरेर लगेको सोही वडाका वडाध्यक्ष दीपेन्द्रप्रसाद कुशवाहाले बताउनुभएको हो ।

वडा सदस्य कुर्मीले आफ्नै बारीमा सोमबार राति मोटरबाट सिँचाइ गर्ने व्रmममा खाना खाएर राति १२ बजे निस्किएपछि घरनजिकै रहेको ट्रान्सफर्मर तल खसेको र त्यसबाट तेल चुहिँदै गरेको दृश्य देख्नेबित्तिकै आफूहरूलाई चोरको समूहले बन्दुक तेर्साएर सो ट्रान्सफर्मरभित्रका धातु लगेको बताउनुभयो । उहाँका अनुसार राति १२ बजे पोलबाट ट्रान्सफर्मर तल झारेको र हल्ला गरे मारिदिने धम्की दिएर आँखाअगाडि नै चोरी गरेर फरार भएका थिए । आफूहरूलाई उखुबारीमा लगेर छोडेको वडा सदस्य कुर्मीको भनाइ उद्धृृत गर्दै वडाध्यक्ष कुशवाहाले भन्नुभयो ।

सो वडामा अहिलेसम्म तीन वटा र कलैयाको वडा नं. १८, २१, २५ गरी एक महिनाको अन्तरालमा छ वटा ट्रान्सफर्मर चोरी भएको कुशवाहाले जानकारी दिनुभयो । ट्रान्सफर्मर चोरीको घटनामा विद्युत् कर्मचारीकै संलग्नता रहेको हुन सक्ने उहाँले आशङ्का व्यक्त गर्नुभयो । यसै गरी करैयामाई गाउँपालिका–२ मा पनि एक साताअगाडि विद्युत् ट्रान्सफर्मर चोरी भएको वडाध्यक्ष सुरेन्द्र चौधरीले बताउनुभयो । अहिलेसम्म सो वडा अन्धकारमय बनेको छ । अर्को ट्रान्सफर्मर जडान गर्न विद्युत् प्राधिकरणको कार्यालयमा दैनिक धाउने गरेको उहाँले बताउनुभयो ।

केही दिनअगाडिदेखि नै जिल्लाका विभिन्न ठाउँबाट ट्रान्सफर्मर चोरी भएका छन् । तेलकुअवा चोकनजिकै रहेको व्रmसर उद्योगबाट, गञ्जभवानीपुर तथा बगड्मपुरमा सिँचाइका लागि जडान भएको ट्रान्सफर्मर, बिजुलपुर, सिसहनिया, मोतीसर, त्रिवेणी, विश्रामपुर र फेटामा ट्रान्सफर्मर चोरी भएको प्राधिकरणले जनाएको छ । चालु आर्थिक वर्षमा ट्रान्सफर्मर चोरीको घटना वृद्धि भएको नेपाल विद्युत् प्राधिकरण वितरण शाखा, कलैयाका प्रमुख ऋषिकुमार वरनवालले स्वीकार्नुभयो । एक/दुई वर्षअगाडि चोरको एउटा समूह समातिएको थियो । त्यसपछि बन्द भएको चोरी घटना अहिले फेरि हुन थालेकाले प्रहरीसँग सहकार्य भइरहेको उहाँले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...