हेली एभरेस्टको हेलिकोप्टरमा चरा ठोक्किएपछि आकस्मिक अवतरण

Published on

काठमाडौँ । भक्तपुरको साँगामा हेली एभरेस्टको हेलिकोप्टरमा चरा ठोक्किएपछि आकस्मिक अवतरण भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले उडिरहेको हेलिकोप्टरमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गर्नुपरेको जानकारी दिनुभयो ।

प्रवक्ता शेर्पाले हेलिकोप्टरमा चरा ठोक्किए पनि पाइलट र विमानमा सवार यात्रु सुरक्षित रहेको बताउनुभयो । उक्त विमानमा ६ जना यात्रु सवार थिए । उहाँले भन्नुभयो, ‘‘विमानमा अन्य कुनै समस्या नभएको, चरा ठोक्किएका कारण पाइलटले हेलिकोप्टरलाई आकस्मिक अवतरण गर्नुभएको हो । पाइलटसहित विमानमा सवार सबै यात्रु सुरक्षित हुनुहुन्छ ।’’ उक्त हेलिकोप्टर लुक्लाबाट काठमाडौं आउँदै गरेको थियो ।

spot_img

ताजा समाचार

मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै

काठमाडौं । पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक आंशिक बन्दको समयमा मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो...

भालुको आक्रमणबाट दुई जना घाइते

काठमाडौं । जङ्गली भालुको आक्रमणबाट दक्षिणी रसुवाको खाल्चेत क्षेत्रमा आज दुई जना गम्भीर घाइते...

आगजनी र तोडफोडमा संलग्न १५ जना पक्राउ

काठमाडौं । सिन्धुलीमा जेनजी आन्दोलनको क्रममा सरकारी कार्यालयमा आगजनी र तोडफोड गर्ने १५ जनालाई...

पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताका लागि आंशिक बन्द हुने

काठमाडौं । नागढुङ्गा–मलेखु सडक खण्ड एक साताका लागि आंशिक बन्द हुने भएको छ । सडक...